११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह

कृषि प्राविधिक रानाको च्याउखेती, वार्षिक पाँच लाख आम्दानी

कृषि प्राविधिक रानाको च्याउखेती, वार्षिक पाँच लाख आम्दानी
अ अ+ अ-

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-६ कसरौलका २६ वर्षीय वीरबहादुर रानाले कृषि प्राविधिक पढेर घरमै च्याउ फार्म सञ्चालन गरी राम्रो आम्दानी लिँदै आउनु भएको छ । पाँच वर्षअघि कृषि जेटिएको पढाइ पूरा गर्नुभएका उहाँले च्याउखेती गर्दै आउनु भएको हो ।

बाह्रैमहिना च्याउ उत्पदान गर्दै आउनु भएका उहाँले फार्म सञ्चालनका लागि रू सात लाख लगानी गर्नुभएको छ । यसका लागि पाँचवटा प्लास्टिक टनेल बनाइएको छ ।

“कृषि प्राविधिकको पढाइ पूरा गरेपछि सुरुमा रू ५० हजार लगानी गरी एक टनेलमा मात्रै च्याउ उत्पादन गर्न सुरु गरेको थिएँ”, उहाँले भन्नुभयो, “उत्पादन राम्रो भएपछि लगानी र फार्म बढाइरहेको छु ।”

उहाँले दैनिक ५० किलोभन्दा बढी च्याउ बिक्री गर्दै आउनुभएको छ । स्थानीय बजारमा रू एक सय ५० देखि रू दुई सय सम्ममा बिक्री हुने गरेको छ । तीन महिनामा १० क्विन्टल च्याउ बिक्री भएको उहाँको भनाइ छ भने पन्ध्र क्विन्टल च्याउ बिक्रीका लागि तयारी अवस्थामा छ ।

“च्याउ बिक्री गरी वार्षिक रू पाँच लाख आम्दानी हुने गरेको छ”, उहाँले भन्नुभयो, “उत्पादन बढाएर वर्षमा आम्दानी दोब्बर पार्ने योजना छ, त्यसका लागि काम भइरहेको छ ।”

रानाले कन्या र पिङ्की जातको च्याउको उत्पादन गरिरहनुभएको छ । मिल्की च्याउ उत्पादनका लागि परीक्षण भइसकेको छ । आगामी दिनमा फरक जातका च्याउ उत्पादन गर्ने योजना बनाएको उहाँले बताउनुभयो ।

निजीस्तरबाट सञ्चालित कञ्चन कृषिवस्तु उत्पादन तथा प्रशोधन केन्द्रको प्रयोगशालामा उहाँले च्याउको बीउ आफै उत्पादन गर्नुहुन्छ । च्याउ उत्पादनका लागि पराल काट्ने, उमाल्ने, पोका बनाउने, बीउ राख्ने, स्प्रे गर्ने, प्याकिङ, ग्रेडिङलगायतका कार्यमा घरपरिवारले सहयोग गर्ने गरेका छन् । हालै विवाह बन्धमा बाँधिएका रानाले च्याउ खेतीकै आम्दानीले विवाहको खर्च जुटाउनुभएको हो ।

“प्राविधिक शिक्षा पढेका अधिकांश युवाको रोजाइँ निजामति सेवा प्रवेश हुन्छ”, कञ्चन कृषिवस्तु उत्पादन तथा प्रशोधन केन्द्रको प्रयोगशालाका सञ्चालक चुडामणि जोशी भन्नुहुन्छ, “निजामति सेवामा प्रवेश पाउन नसकेका युवाको दोस्रो रोजाइँमा बैदेशिक रोजगारी पर्ने गरेको छ, प्राविधिक शिक्षा पढेर स्वदेशमै स्वरोजगारमा संलग्न हुनेको सङ्ख्या विरलै देख्न पाइन्छ ।”रासस