८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह

महिला साफ यु–२० टोली बुधवार बंगलादेश जाँदै

महिला साफ यु–२० टोली बुधवार बंगलादेश जाँदै
अ+ अ-

काठमाडौँ । बंगलादेशको ढाकामा आयोजना हुने साफ यु–२० महिला च्याम्पियनसिपमा सहभागि हुने नेपाली महिला यु–२० टोलीलाई मंगलवार बिदाई गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलवार मुख्यालमा एक कार्यक्रम आयोजना गरे महिला टोलीको बिदाई गरेको हो । फेब्रुअरी ३ तारिखदेखि ९ तारिखसम्म चल्ने प्रतियोगितामा चार राष्ट्रले प्रतिष्पर्धा गर्दैछन् । उपविजेता भन्दा माथि उक्लिन नसकेको नेपालले प्रतियोगितामा उपाधिको लक्ष्य लिएको छ ।

नेपाली टोलीका प्रशिक्षक यामप्रसाद गुरुङले तयारी राम्रो भएको बताउनु भयो । उनले तयारीको सम्बन्धमा अवधि छोटो भएपनि अभ्यासका क्रममा खेलाडीको प्रदर्शनमा उल्लेख्य प्रदर्शन भएको भन्दै प्रतियोगितामा सुखद् नतिजा निकाल्नेमा आशावादी रहेको प्रतिक्रिया दिनुभयो । अघिल्ला संस्करणमा उपविजेतासम्म बनेको टोलीले यसपटक राम्रो गर्न दबाब भएको गुरुङले बताउनु भयो ।

दक्षिण एशियाली राष्ट्रहरुको प्रतिष्ठित प्रतियोगिता साफ फुटबल अन्तर्गतगको महिला यु–२० को चौथो संस्करण बंगलादेशको ढाकामा आयोजना हुँदैछ । फेब्रुअरी पहिलो साताबाट आयोजना हुने प्रतियोगितामा आयोजक बंगलादेशसहित भारत, भुटान र नेपालले सहभागिता जनाउँदैछन् । नेपाली टोलीकी कप्तान प्रिती राईले पनि छोटो समयको तयारी राम्रो भएको र अभ्यास अनुसार खेल्न सके नेपाली टोलीले अपेक्षा अनुसारको नतिजा निकाल्ने बताउनु भयो ।

प्रतियोगिताको तयारी विगतको भन्दा भिन्न र राम्रो भएको भन्दै राम्रो गर्नेमा आपूm आशावादी भएको बताउनु भयो । प्रतिष्पर्धी टोली भारत र बंगलादेशमा अनुभवि र यु–१७ विश्वकप खेलेका खेलाडी भएपनि नेपाली टोलीले स्वभाविक खेलबाट सुखद् नतिजाको लक्ष्य लिएको राईले बताउनु भयो ।

अघिल्ला संस्करण साफ यु–१८, साफ यु–१९ नाममाबाट आयोजना हुँदै आएको यो प्रतियोगिता अहिल भने यु–२० बाट हुन लागेको हो । अघिल्लो इतिहास हेर्दा उपविजेता भन्दा माथि उक्लिन नसकेको नेपाली महिला टोली ढाकामा आयोजना हुने चौथो संस्करणमा च्याम्पियन बन्ने लक्ष्य राखेको छ । च्याम्पियनसिपका लागि प्रिती राईको कप्तानीमा नेपाली टोलीको घोषणा भइसकेको छ ।

मुख्य प्रशिक्षक गुरुङले २३ सदस्सीय टोलीको घोषणा गर्नुभएको थियो । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिष्पर्धा गर्नेछन् । नेपालले पहिलो खेल बंगलादेशसँग फेब्रुअरी ३ मा खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ भने सोही दिन भारत र भुटानबीच पनि खेल हुनेछ । त्यसको दुई दिनपछि फेब्रुअरी ५ मा नेपालले भुटानसँग र फेब्रुअरी ७ मा भारतसँग लिगको अन्तिम खेल खेल्नेछ ।