११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध News Polar प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध

विश्वविद्यालय विधेयकप्रति सांसदहरुको शंका(भिडियोसहित)

शिक्षा विधेयक छोडेर विश्वविद्यालय विधेयक किन ल्याइयो ?

विश्वविद्यालय विधेयकप्रति सांसदहरुको शंका(भिडियोसहित)
अ अ+ अ-

काठमाडौं । सरकारले शिक्षा विधेयक थाँती राखेर नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा पेस गरेपछि सरकारको नियतप्रति शंका उब्जिएको छ ।

सरकारले मन्त्रीपरिषद्मा एक महिना अघि पुगेको शिक्षा विधेयक थाँती राखेर नेपाल विश्वविद्यालय सम्बन्धी विधेयक संसदमा पेस गरेको थियो । राष्ट्रिय सभामा टेबल भएको यो विधेयक अहिले विधायन समितिमा छलफलमा रहेको छ । सरकारले संघीय संरचना अनुसार शिक्षा क्षेत्रको पुनःसंरचनाको लागि आवश्यक शिक्षा सम्बन्धी छाता ऐन र नीति ल्याउनुपर्नेमा अर्को विश्वविद्यालय खोल्नका लागि बाटो खोल्न हतारिएकोप्रति सांसदहरुले नै शंका व्यक्त गरेका छन् । विद्यमान विश्वविद्यालयको शैक्षिक गुणस्तर कायम गरेर व्यवस्थित बनाउनुको सट्टा संघीय मर्म विपरित केन्द्र सरकारले विश्वविद्यालयको अनुमति बाँड्नुलाई सत्तारुढ दलकै सांसदहरुले पनि सकारात्मक रुपमा लिएका छैनन् ।

संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिका संयोजक खिमलाल देवकोटाले सरकारले सुटुक्क ल्याएर सुटुक्क पास गर्ने मनशायकासाथ विधेयक ल्याएको टिप्पणी गर्नुभयो । उहाँले संघात्मकमा जानुको अर्थ राज्यको सम्पूर्ण संरचनाको पुनःसंरचना गर्ने भन्ने आशय भएकाले शिक्षालाई पनि सोही अनुसार पुनःसंरचना गर्नुपर्ने बताउनु भयो । उहाँले संघीय संरचना अनुसारको शिक्षा सम्बन्धी छाता ऐन र नीति बनाएर सोही अनुसार आवश्यकताका आधारमा नयाँ संरचनाको अनुमति दिनुपर्ने धारणा राख्नुभयो । उहाँले अहिले चलिरहेका विश्वविद्यालयको अवस्था विश्लेषण गरेपछि मात्रै त्यसको निस्कर्षका आधारमा निर्णय गरिनुपर्ने तर्क गर्नुभयो ।

उहाँले भन्नुभयो ‘सरकारले सुटुक्क विधेयक ल्याउने, सुटुक्क संसदमा पेस गर्ने, केही सांसदहरुलाई भनसुन गर्ने, ल है यो विधेयकमा हाम्रो दलको धारणा हो, तिमीहरु चुप लाग भन्ने, समितिमा पठाउने खुसखास पार्ने, भन्ने आशय पनि छ की भन्ने मेरो आशय छ । नयाँ विश्वविद्यालयप्रति आकर्षण नै छैन । खोल्ने तर सुनसान छ । कतिपयले त यो विश्वविद्यालय विधेयकमा त गैरसरकारी शब्द पनि देखिएको छ । कतिपय बाहिरि फण्ड पनि ल्याउने रे भन्ने गाइँगुइँ पनि सुनेको छु । बाहिरि फण्ड खोजेर यहाँ मिडिया, टिभी, पत्रिका चलाउने हो भने के अर्थ छ ? यो गलत हो, यो गर्नु हुँदैन । सांसदले पनि प्रभावकारी रुपमा भुमिका निर्वाह गर्नुपर्छ । सरकारले ल्याएको छ भने भिटो भन्नेकुरा विधेयकमा त लाग्दैन नि । विधेयकमा त सांसदले राम्रोसँग छलफल गर्नुपर्छ । सांसदहरुको भुमिकामा मैले पनि प्रश्न गर्नुपर्छ जस्तो लागेको छ । ’

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति मायाप्रसाद शर्माले २०२८ को शिक्षा ऐन अनुसार नै चलिरहेको अवस्थामा मुख्य प्राथमिकता शिक्षा ऐन बनाउने कुरामा दिइनुपर्ने बताउनु भयो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले मौजदात विश्वविद्यालयलाई नै प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । नेकपा माओवादी केन्द्रका शिक्षा तथा मानवस्रोत विभागका प्रमुख समेत रहेका सभापति शर्माले संघीय संरचना अनुसार आवश्यकता अनुसारको विश्वविद्यालय सञ्चालन गर्ने अधिकार प्रदेशलाई नै दिनुपर्ने तर्क गर्नुभयो ।
उहाँले भन्नुभयो ‘हामी २०२८ सालको शिक्षा ऐन अनुसार चलिराखेका छौँ । कतिपय बुँदाहरु २०१३ साल तिरका छन् । त्यो बेला राज्य संरचनाका हिसावले पनि धेरै फरक आइसकेको छ । शिक्षा ऐन बनाउने कुरामा बढी जोड हुनुपर्छ । विश्वविद्यालयका हिसावले हामीले संघीयता प्राप्त गरेका छौँ । शिक्षा पनि संघीयता कार्यान्वयन अनुसार हुनुपर्ने हो । तर अहिलेको हिसावले मौज्दात विश्वविद्यालयहरुलाई नै कार्यान्वयन गरेर प्रभावकारी बनाउँदा उपयुक्त हुन्छ । ति विकसित भइसकेपछि फेरि हाम्रा के समस्या छन्, कसरी सम्बोधन गर्नुपर्छ ती विषय उठाउँदा राम्रो हुन्छ । ११ वटा हाम्रा प्रदेशअनुसारका विश्वविद्यालयहरु छन्, तिनैलाई सबैभन्दा प्रभावकारी बनाउनुपर्छ ।’

दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले सहमति विपरित सरकारले ‘फुत्त’ विश्वविद्यालय सम्बन्धी विधेयक ल्याएको बताउनु भयो । यसअघि शिक्षा सम्बन्धी विधेयकमा छलफल भएको बेला अब शिक्षा सम्बन्धी छाता ऐन ल्याउने र त्यसअघि शिक्षा सम्बन्धी कुनैपनि विधेयक नल्याउने सहमति भएको उल्लेख गर्दै उहाँले विश्वविद्यालय विधेयक आउनुलाई आश्चर्यका रुपमा लिनुभयो ।

उहाँले भन्नुभयो ‘पहिलो कुरा त शिक्षा सम्बन्धी संघीय ऐन ल्याएर शिक्षा नीतिलाई संविधान अनुकुल बनाउने गरी, संविधान बमोजिम चल्ने गरी लैजानुपर्ने स्थिति छ । त्यसको लागि संघीय ऐन तुरुन्तै आवश्यक देखियो । सँगै विश्वविद्यालयहरुको पनि नेपालमा बेथिति देखियो । दर्जन बढी विश्वविद्यालय स्थापना भइसके । गठन पनि भइसके । सञ्चालनमा पनि छन् । कतिपयमा विद्यार्थी संख्या एकदमै थोरै छ । सयको हाराहारीमा भएको पनि देखेका छौँ । हालै सरकारले नेपाल विश्वविद्यालयको विधेयक पठायो । हामीले अघिल्लो पटक नै शिक्षामन्त्रीसँग शिक्षा सम्बन्धी अन्य विधेयकमा छलफल गर्दा नै अब कुनैपनि विधेयकहरु नल्याउने, अब विश्वविद्यलयसम्बन्धी छाता ऐन नै ल्याउने र त्यसैअनुसार नियमन गर्ने र विश्वविद्यालय पिच्छे छुट्टै विधेयक चाहिँदैन भन्नेमासहमति भएको हो । तर संसद शुरु हुने बित्तिकै फुत्त नयाँ विधेयक ल्याए । छाता ऐनकै रुपमा आयो होला भन्ने ठानेको छुट्टै विश्वविद्यालयको विधेयक आएको रहेछ । कसरी परामर्श भएर आयो हामी नै चकित छौँ । तर यसरी भटाभट विश्वविद्यालय स्थापना गर्ने होडबाजीले नेपाललाई राम्रो गर्दैन । भइरहेकालाई नियमन गरेर राम्रोसँग सञ्चालन गर्नुपर्छ ।

एउटा विश्वविद्यालयको विभागले गर्नसक्ने विषयलाई छुट्टै विश्वविद्यालय बनाएर जाँदा त्यसले राम्रो सन्देश दिएको छैन । विधेयक प्रश्ताव जहिल्यै सरकारले नै पटठाउने हो । सरकारले पठाइसकेपछि सरकारले चाह्यो भने विधेयक पास हुन्छ, काम छिटो गर्नुपर्छ भनेर मन्त्रीहरु प्रायः लाग्दैनन् । त्यो विधेयकहरु अलपत्र पर्छ । सरकारले चाह्यो भने विधेयक छिटो पास हुनसक्छ । त्यसलाई राम्रो बनाउन सकिन्छ । ’

संघीय संरचना अनुसार शिक्षा ऐन नल्याएर विश्वविद्यालय खोल्ने अनुमति दिन विधेयक ल्याएपछि सत्तापक्षकै सांसदहरु त्यसको आलोचनामा उत्रिएका हुन् । विधेयकको प्रश्तावनामा उल्लेखित गैह्रसरकारी र सार्वजनिक भन्ने शब्दावलीप्रति पनि सांसदहरुले शंका व्यक्त गरेका छन् । शिक्षा र स्वास्थ्यको दायित्व सरकारले लिनुपर्नेमा गैह्रसरकारी संस्थालाई प्रवेश दिएर शिक्षाको नाममा विदेशीको हस्तक्षेप बढाउन उपयुक्त वातावरण श्रृजना गर्ने काम सरकारबाटै भएको उनीहरुले तर्क गरेका छन् । सो विधेयक अहिले विधायन समितिमा छलफलका क्रममा छ ।