• १५ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 28 2024
  •   Unicode
Logo

राष्ट्रिय महिला टिमको मुख्य प्रशिक्षकमा अनन्त थापा नियुक्त



काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा अनन्त राज थापा नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार अनन्तलाई महिला टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

एन्फाले अनन्तसँगै सहायक प्रशिक्षकमा गंगा गुरुङ र गोलकिपर प्रशिक्षकमा सुरज कुमार लामालाई नियुक्त गरेको छ । त्यसैगरी, टिम म्यानेजरमा वृन्दा देवान नियुक्त भएकी छिन् ।

नेपाली महिला टोलीले भारतसँग मैत्रीपूर्ण खेल खेल्नेछ । सोहि खेलका लागि एन्फाले प्रशिक्षक नियुक्त गरेको हो । भारतविरुद्धको मैत्रीपूर्ण खेल फेब्रुअरी १३ देखि २५ को बिचमा हुनेछ ।