१० असार २०८३, बुधबार
,
Latest
पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य रास्वपा महाधिबेशन: ९९ केन्द्रीय सदस्यका लागि चार सय बढीको उम्मेदवारी ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व संकलन दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यागमनको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय उडान प्रभावित



file
अ+ अ-

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमनको ‘सर्र्भर डाउन’ हुँदा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ ।

अध्यागमनको सर्भर बिग्रिँदा डेढ घण्टादेखि अन्तर्राष्ट्रिय उडान बन्द भएको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए ।

“सर्भर डाउन छ, अन्तर्राष्ट्रिय उडान हुनसकेको छैन । भित्रिने र बाहिरिने यात्रु जो जहाँ छन् त्यहीँ रोकिएका छन्, जहाज उड्न पाएका छैनन्”, उनले भने ।

महाप्रबन्धक ठाकुरले ‘म्यानुअल्ली’सञ्चालनका लागि आफूले आग्रह गरे पनि ‘अथोरिटी’ नभएको भन्ने जानकारी प्राप्त भएको बताए । यसअघि पनि यस्तो समस्या आउने गरेको उनी बताउँछन् ।

विमानस्थल कार्यालयका अनुसार अन्तर्राष्ट्रिय उडानका फ्लाई दुबई, इन्डिगो एयर इन्डियालगायत एयरलाइन्सका जहाजको उडान रोकिएको छ । रासस