२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिपक्षमा बस्ने समय बेस्सरी भए डेढ वर्ष होलाः प्रधानमन्त्री



अ+ अ-

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षमा रहेर पनि सरकारलाई खबरदारी गरिरहने बताउनुभएको छ । 

सिंहदरबार छाड्दै गर्दा मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । 

उहाँले भन्नुभयो "प्रतिपक्षमा बस्ने म्याद पनि बेस्सरी भए डेढ वर्ष न होला, त्यो भन्दा अगाडी कसैले रोक्ने त होइन होला, फेरि जनताको पक्षमा जानुपर्ने होला । हाम्रो रोडम्याप, फेरि पनि देशप्रति जिम्मेवार छौं । लोकतन्त्रप्रति जिम्मेवार छौं । हामी विधिको शासनमा विश्वास गर्छौँ ।"