२१ असार २०८३, आईतवार
,
Latest
निर्धारित समयमै सिक्टा सिँचाइ आयोजना सम्पन्न गर्न मन्त्री श्रेष्ठको जोड सरकारको सञ्चारमाध्यमप्रति हेर्ने दृष्टिकोणमा संकुचन आयोः अध्यक्ष शर्मा प्रेस स्वतन्त्रताको संवैधानिक सुनिश्चितताका बाबजुद सञ्चार क्षेत्रमा चुनौती कायमैः हरिहर विरही सरकारको सय दिनः राजमार्गमा एक्स्प्रेस गाडीः कत्तिको सुरक्षित छ बालेनको बेग ? दाउन्ने खण्डको सडक निर्माण कार्य अन्तिम चरणमा डोल्पामा पहिरोसहितको बाढी घरमा पस्दा एक महिलाको मृत्यु, चार जना घाइते ट्राफिक कारबाहीमा पाँच लाख २८ हजार राजस्व संकलन यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य चितवनमा हात्तीको आक्रमणमा आमाछोराको मृत्यु बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पानामा पठाउँछु भनी ठगी गरेको अभियोगमा पक्राउ



अ+ अ-

काठमाडौं । वैदेशिक रोजगारीका लागि पानामा पठाउँछु भन्दै ठगी गरी फरार भएको अभियोगमा टोखा नगरपालिका-१० बस्ने उदयपुर घर भएका ३४ वर्षीय गणेश राउत भन्ने लोक बहादुर राउतलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

राउतले वैदेशिक रोजगारीको सम्पूर्ण मापदण्ड पूरा गरी पानामा पठाउँछु भनेर नक्कली ई-भिसा समेत बनाई पीडितबाट पटक पटक गरी १८ लाख ३५ हजार रुपैयाँ लिई सम्पर्कविहिन भएको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा टोखा नगरपालिका-१० सामाखुसीबाट उनलाई पक्राउ गरेको हो ।
 
उनलाई वैदेशिक रोजगार सम्बन्धी ठगी कसूरमा कारवाहीको लागि बैदेशिक रोजगार विभाग, बुद्धनगर पठाईएको उक्त ब्यूरोले जनाएको छ ।