२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवाको सपथग्रहणमा ओली अनुपस्थित



अ+ अ-

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको सपथग्रहण समारोहमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नजाने हुनुभएको छ ।

पूर्वप्रधानमन्त्रीसहित शीर्ष नेताहरु सपथग्रहण समारोहमा पुगेपनि प्रधानमन्त्री ओली भने शीतलनिवासमा उपस्थित नहनु भएको हो । 

अघिल्लोपटक आफ्नो सपथ समारोहमा देउवासहित पूर्वप्रधानमन्त्रीहरु नगएको भन्दै ओली अनुपस्थित हुनुभएको बताइएको छ।

देउवाले केहीबेरमै नवनियुक्त प्रधानमन्त्रीको रुपमा सपथ लिँदै हुनुन्छ ।