२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबिधानको धारा ७६( ५ ) बमोजिम देउवा प्रधानमन्त्रीमा नियुक्त, देउवा सहित ४ मन्त्रीले लिए सपथ



अ+ अ-

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मंगलबार साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नबनियुक्त प्रधानमन्त्री देउवा लाई  पद तथा गोपनीयताको शपथ गराउनु भएको हो ।  

सोही समारोहमा राष्ट्रपति भण्डारीले नवनियुक्त मन्त्रीहरु लाई सपथ गराउनु भएको छ ।  नब नियुक्त मन्त्रीहरुमा  बालकृष्ण खाँण गृह , ज्ञानेन्द्रबहादुर कार्की कानुन जनादर्न शर्मा अर्थ र पम्फा भुसाललाई ऊर्जा मन्त्रीको रुपमा सपथ गराईएको छ ।

नेपालको संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री देउवा प्रधानमन्त्री नियुक्त हुनु भएको हो ।  यस अघि राष्ट्रपति कार्यलय जारी गरेको बिज्ञप्तिमा सबिधानको धारा नखुलाईएको भन्दै देउवाले सपथ लिन इन्कार गरेपछि राष्ट्रपति कार्यलयले शंसोधन गरेको थियो ।