२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवाबारे एमाले नेता खरेलले गरे यस्तो खुलासा !



अ+ अ-

काठमाडौं । नेकपा एमाले नेता अग्नि खरेलले नेपालको इतिहासमा सर्वोच्चबाट बनाइएका पहिलो शेरबहादुर देउवा जननिर्वाचित नभई ‘कोर्टमेड’ प्रधानमन्त्री भएको बताएका छन् । पूर्वकानुनमन्त्रीसमेत रहेका खरेलले देउवा प्रधानमन्त्री हुनु सामान्य ज्ञानको विद्यार्थीलाई रट्ने विषय भएको बताएका हुन् । 

‘नेपालको इतिहासमा जनताबाट निर्वाचित पहिलो प्रधानमन्त्री बिपी कोइराला भएपनि सर्वोच्चबाट बनाइएका पहिलो प्रधानमन्त्री शेरबहादुर देउवा हुनुभयो । उहाँ जननिर्वाचित होइन, ‘कोर्टमेड’ प्रधानमन्त्री हुनुभयो,’ उनले थपे, ‘माननीय शेरबहादुर देउवा निर्वाचन घोषणा गर्ने तर, नगराउने अनुभवी प्रधानमन्त्री हुन्, सामान्य ज्ञानको विद्यार्थीलाई रट्ने विषय भएको हो । अबको राजनीति त्यही दिशातर्फ लैजाने कडिका रूपमा फैसला आएको छ । यो फैसलामाथिको आरोप होइन, परिणामको संकेत हो ।’ 

उनले फैसलालाई स्वागत गर्नेहरूबारे भने, ‘तपाईंहरूको अबिरजात्राले संवैधानिक व्यवस्था परास्त नहोस् । यति भएर पनि हामी अदालतको फैसला मान्न बाध्य छौँ, किनकि हामी कानुनी शासनलाई स्वीकार गर्छौँ ।’