• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo

मंगलवार रेकर्ड ब्रेक गरेको सुनको मूल्य एक सय रुपैयाँले घट्यो



काठमाडौं । नेपाली सुनचाँदी बजारमा सुनको मूल्य एक सय रुपैयाँले घटेको छ ।

मंगलवार रेकर्ड ब्रेक गरेको छापावाल सुनको मूल्य बुधवार प्रतितोला एक सय रुपैयाँले घटेर एक लाख छ हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बताएको छ ।

त्यसैगरी, तेजाबी सुनको मूल्य प्रतितोला एक लाख पाँच हजार सात सय रुपैयाँ कायम भएको महासङ्घले बताएको छ ।

त्यस्तै, चाँदी प्रतितोला एक हजार तीन सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।