४ पुष २०८२, शुक्रबार
,
Latest
रवि लामिछाने भरतपुर गएर भैरहवा जाने जेनजी आन्दोलनका सात जना घाइतेको वर्गीकरण सिफारिस राष्ट्रपति पौडेलद्वारा १३औँ किन्डर ओलम्पिक मस्कर्टको अनावरण हारपछि विष्णु रिमालको प्रतिक्रिया–मेरो औपचारिक भूमिका परिवर्तन भयो कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौतिः उद्योगमन्त्री सिन्हा पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

शहीद सप्ताको पहिलो दिन शुक्रराज शास्त्रीको सम्झना



अ+ अ-

काठमाडौँ । शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गर्नुभएको स्थान टेकुको पचलीमा स्मृति सभा आयोजना गरी आजबाट शहीद सप्ताह सुरु गरिएको छ । परिवारमै सीमित शासकीय शक्ति जनतामा पु¥याउन बलिदान दिने शहीदको योगदानको सम्मानमा हरेक वर्ष काठमाडौँ महानगरपालिकाको आयोजनामा माघ १० देखि १६ गतेसम्म शहीद सप्ताह मनाउने गरिएको छ ।

शहीद शास्त्रीलाई प्राणदण्ड दिइएको स्थानमा महानगरप्रमुख एवं शहीद सप्ताह मूल समारोह समितिका संयोजक बालेन्द्र साह, उपप्रमुख सुनिता डङ्गोल, महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीसहितले शहीदको सालिकमा पुष्पगुच्छा अर्पण गर्दै उहाँको योगदानको स्मरण गर्नुभयो ।

विसं १९५०मा बनासरमा जन्मनुभएका शास्त्रीले भारतकै देहरादुनबाट प्रारम्भिक शिक्षा गर्नुभएको थियो । धार्मिक गतिविधिबाट जहानियाँ शासनविरुद्ध जागरण अभियान सञ्चालन गर्ने क्रममा १९९४ मङ्सिर १३ गते इन्द्रचोकमा मानिसलाई भेला गराएर तात्कालिन सरकारको आलोचना गरेको आरोप लगाएर उहाँलाई पक्राउ गरिएको थियो ।

यसैगरी धर्मभक्त माथेमालाई माघ १३ गते र गङ्गालाल श्रेष्ठ तथा दशरथ चन्दलाई माघ १५ गते प्राणदण्ड दिइएको थियो । शहीद सप्ताहको अन्तिम दिन यही माघ १६ गते शान्ति बाटिकाबाट सुरु गरिने प्रभातफेरी लैनचौरस्थित शहीदपार्कमा पुगी ज्ञातअज्ञात शहीदका सम्झनामा स्मृतिसभा परिणत हुने जनाइएको छ ।

कामपाले प्रजातन्त्र प्राप्तिका लागि प्राणदण्ड दिइएका चार शहीदहरुको पूर्णकदको शालिक उहाँहरुले साहादत प्राप्त गर्नुभएकै स्थानमा निर्माण गरिसकेको छ । विसं २०७५ मा शुक्रराज शास्त्रीको शालिक स्थापना गरिएकामा धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दको शालिक २०७६ मा स्थापना गरिएको थियो । रासस