२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिल्म ‘पठान’ रिलिज हुनुअघि शाहरुख–दीपिकाले नबोल्ने



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता शाहरुख खानको फिल्म ‘पठान’ जनवरी २५ मा रिलिज हुँदैछ । फिल्म रिलिज हुनुअघि निर्माताले नयाँ मार्केटिङ रणनीति अपनाएका छन् ।

फिल्म रिलिज हुनुअघि शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहमले कुनै अन्तर्वार्ता नदिने बताइएको छ । यो रणनीति निर्माताहरूले विवादबाट बच्न अपनाएका हुन् ।

ट्रेड एनालिस्ट तरण आदर्शले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै यो खुलासा गरेका हुन् । उनले आफ्नो पोस्टमा भनेका छन्, ‘फिल्म ‘पठान’का निर्माताले गीत र ट्रेलरका आधारमा मात्र फिल्मको प्रचार गर्नेछन् । पठानअघि अजय देवगन स्टारर फिल्म ‘दृश्यम २’ ले पनि यही बाटो पछ्याएको थियो । त्यसैले शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहमले फिल्म रिलिज नभएसम्म मिडियासँग कुराकानी गर्ने छैनन् ।’

बढ्दो विवादलाई ध्यानमा राख्दै केही दिन अघि सेन्सर बोर्ड अफ फिल्म सर्टिफिकेशनले यस फिल्मका १० वटा दृश्य परिवर्तन गर्न भनेको थियो । यसबाहेक केही संवादहरू परिवर्तन गर्न पनि भनिएको थियो ।

सिद्धार्थ आनन्दको निर्देशन रहेको यस फिल्ममा शाहरुख र दीपिकासँगै जोन अब्राहम पनि प्रमुख भूमिकामा छन् ।