११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

डा रुइतले राज्यसँग गरेका अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिने: प्रधानमन्त्री

डा  रुइतले राज्यसँग गरेका अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिने: प्रधानमन्त्री
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिष्ठित इसा अवार्ड प्राप्त गर्नुभएका वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतले राज्यसँग उहाँले गरेका अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिने जनाउनु भएको छ ।

सामाजिक संञ्जाल मार्फत प्रधानमन्त्री दाहालले राज्यसँग उहाँले गरेका अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिने जनाउनु भएको हो । प्रधानमन्त्रीले प्रतिष्ठित इसा अवार्ड प्राप्त गर्नुभएकोमा हार्दिक बधाइ ज्ञापन गर्दै मानव कल्याणको क्षेत्रमा उहाँको योगदान देशकै लागि प्रतिष्ठित र प्रशंसनीय रहेको जनाउनु भएको छ ।

डा रुइतले बुधवार पत्रकार सम्मेलन मार्फत आफ्नो पछिल्लो उपलब्धीलाई सरकारले कसरी लिन्छ भन्नेकुरा नियालीरहेको बताउनु भएको थियो । पत्रकार सम्मेलनमा उहाँले भन्नुभएको थियो ‘यस्तो खालको एउटा ग्लोवल अवार्ड नेपालीलाई दिनु गर्वको कुरा हो । संसारको मानचित्रमा नेपालले पनि यस्तो गर्दो रहेछ भन्नेकुरा थाहा भयो र नेपालीहरुको आत्मसम्मान, प्रतिष्ठा जुन अहिले अन्तर्राष्ट्रिय क्षेत्रमा गिर्दो अवस्थामा छ त्यसलाई बचाउन धेरै ठूलो सहयोग गरेको छ । यो जीवनकै कमाइ हो । यो जिन्दगीको तपस्याको फल हो ।

यही कुरा विदेशीले भन्दा नेपालीले दुई,तीन गुणा बढी मेहनत गर्नुपर्छ । मैले पहिला पनि पाउँथे होला यस्तो तर नेपाली भएको हुनाले समय लाग्यो । यो राज्यले बुझ्नुपर्ने कुरा हो की यो अवार्डले नेपालको आत्मसम्मान र चिनारीलाई कति माथि लगेको छ भन्ने । म राज्यले मलाई कसरी रेस्पोन्स गर्छ भनेर हेरिरहेको छु । हामीले अझैपनि नेपालमा पहुँच नपुगेका ठाउँमा धेरै ठाउँमा छ, त्यहाँ आँखाको क्षेत्रमा पहुँच बिस्तार गर्नुपर्छ । राज्यले स्वास्थ्यको क्षेत्रलाई धेरै बिस्तार गर्न आवश्यक छ । तिलगंगा आँखा प्रतिष्ठानलाई अन्तर्राष्ट्रिय इन्स्टिच्युशन बनाउनुपर्छ ।’