२२ आश्विन २०८१, मंगलवार
,
Latest
पशुपति गौशाला धर्मशाला खाली गर्न महानगरपालिकाको माइकिङ जोखिम छ तर, नागढुङ्गा–मुग्लिन सडकमा आत्तिनु पर्दैन ! विस्थापितको पुनर्वासका लागि सरकारले चाँडै व्यवस्था गर्छः गृहमन्त्री लेखक सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाई समारोह २०८१ को अन्तिम तयारी- फोटो फिचर सामान्य बन्दै हवाई उडान विकास निर्माणको शैलीमा आमूल परिवर्तन गर्नुपर्छः प्रधानमन्त्री राष्ट्रपतिबाट विजयादशमीका दिन टीका तथा प्रसाद प्रदान हुने उपत्यकामा पुनः मेलम्चीको पानी वितरण शुरु राष्ट्रपतिबाट विजयादशमीका दिन टीका तथा प्रसाद प्रदान हुने दसैँतिहारका अवसरमा अल्फा बिटाको सुभकामना आदानप्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

दमकको नौ पसलमा आगलागी, लाखौँ मूल्य बरावरको क्षति



(सांकेतिक तस्बिर)
अ+ अ-

दमक । दमक–६ स्थित नमूना बजारमा रहेका नौ पसलमा आगलागी हुँदा लाखौँ मूल्य बरावरको क्षति भएको छ ।

वडाध्यक्ष टेकबहादुर थापाका अनुसार आज बिहान करिब २ बजेतिर अचानक आगलागी हुँदा पसलका सम्पूर्ण सामान जलेर नष्ट भएको थियो । मुख्य बजारका ती ठाउँमा जुत्ता तथा कपडाका पसल रहेका थिए ।

आगलागीबाट जुत्ताचप्पल व्यवसायी राज श्रेष्ठको पसलसहित नौ पसलका सम्पूर्ण सामान नष्ट भएको उहाँले बताउनुभयो । आगलागी कसरी भयो, कारण खुल्न सकेको छैन । आगलागी विद्युत् सर्ट भई लागेको हुनसक्ने प्रारिभ्मक अनुमान गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायब उपरीक्षक दिलीप गिरीले बताउनुभयो । क्षतिको विवरण सङ्कलन गर्ने कार्य भइरहेको उहाँले जानकारी दिनुभयो ।

आगलागी दमकसहित कमल, गौरादह, कानेपोखरीलगायतका बारुणयन्त्र, प्रहरी तथा स्थानीयवासीको प्रयासमा करिब तीन घण्टापछि नियन्त्रणमा आएको थियो । रासस