९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलाई निर्माताको साथ चाहिएको छः बोर्ड अध्यक्ष केसी



फाईल फोटो
अ+ अ-

काठमाडौँ । शुक्रबार निर्माताहरूको ‘राष्ट्रिय भेला’लाई सम्बोधन गर्दै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र सुटिङका क्रममा नै भिडियो खिचेर सार्वजनिक गर्ने क्रम बढिरहेको भन्दै चिन्ता व्यक्त गरे ।

त्यस्ता क्रियाकलाप गर्नेलाई जरिवाना र फिल्ममा हुने क्षति बराबरको रकम तिराउने गरी कानुन निर्माण गर्न लागिएको अध्यक्ष केसीले जानकारी दिए ।

“सुटिङ चलिरहेको दृश्य पहिल्य नै खिचेर विभिन्न सञ्चार माध्यममा सार्वजनिक गरिदिनाले निर्मातालाई ठूलो क्षति भइरहेको छ । यस्ता अमर्यादित क्रियाकलाप गरेको खण्डमा कडा सजाय दिने मात्र नभई जरिवाना र क्षतिपूर्ति तिराउन माग गरेका छौँ”, अध्यक्ष केसीले भने ।

उनले बोर्ड अध्यक्षका रुपमा करिब छ महिनामात्रै भएको भन्दै आफूलाई विभिन्न मुद्दा हालेर काम गर्न नदिएको गुनासोसमेत गरे । “कुन बेला निस्किन्छ र म अध्यक्ष बन्छु भनेर बसेका छन् । ती व्यक्तिले मलाई काम गर्न दिएका छैनन्”, अध्यक्ष केसीले भने, “मेरो कार्यकालमा चलचित्र विकासको लागि राम्रा काम गर्ने छु । चलचित्र क्षेत्रलाई प्रवद्र्धन गर्न सबै निर्माताहरू एकजुट हुनुको विकल्प छैन ।” रासस