२४ भाद्र २०८३, बुधबार
,
Latest
जेन–जी आन्दोलनको एक वर्ष: युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड सुनसान छन् सौराहाका होटल भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध भदौ २३–२४ को घटनाको निष्पक्ष छानबिन गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण सरकारविरुद्ध फायर खोल्दै रास्वपाकै नेताहरु भदौ २४ को हिंसा लोकतन्त्र र संविधानमाथिको ‘ठूलो आक्रमण’ : ओली म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर डर्बीमा युनाइटेडले सिटीलाई हरायो



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर युनाइटेडले म्यान्चेस्टर सिटीलाई पराजित गरेको छ । शनिबार राति सम्पन्न म्यान्चेस्टर डर्बीमा युनाइटेडले घरेलु मैदान वल्र्ड ट्राफोर्डमा सिटीलाई २-१ गोलले पराजित गरेको हो ।

युनाइटेडलाई जित दिलाउन ब्रुनो फर्नान्डेज र मार्कुस रासफोर्डले गोल गरे भने सिटीका ज्याक ग्रिलिसले गरेको गोल सान्त्वना गोल भयो ।

खेलमा सुरुवाती अग्रता भने सिटीले बनाएको थियो । खेलको ग्रिलिसले ६० औं मिनेटमा गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, फर्नान्डेजले ७८ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई १-१ को बराबरीमा ल्याए । यस्तै, ८२ औं मिनेटमा रासफोर्डले गोल गर्दै युनाइटेडलाई जित दिलाए ।

जितसँगै युनाइटेड १८ खेलमा ३८ अंकसहित तेस्रो स्थानमा रहँदा दोस्रो स्थानमा कायम रहेको सिटीमो समान खेलबाट ३९ अंक छ ।