२४ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’ नेपालको इतिहासमा भदौ २४ अभूतपूर्व विनासको दिन : निरज आचार्य बाजुराको खोलाले बगाउँदा किशोर बेपत्ता :खोजी जारी बाढीका कारण काठमाडौं उपत्यकामा देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन जेन–जी आन्दोलनको एक वर्ष : छानबिन प्रतिवेदन कार्यान्वयनदेखि संविधानका उपलब्धि रक्षासम्म प्रचण्डको जोड ‘संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’ बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि ‘नेपालले राहत होइन, जलवायु न्यायसहित क्षतिपूर्ति माग्नुपर्छ’: मुख्यमन्त्री यादव युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोहितको ब्याटिङ वरीयता खस्कियो



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान एवं ब्याटर रोहितकुमार पौडेलको ब्याटिङ वरीयता खस्किएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको नयाँ ओडिआई वरीयतामा रोहित एक स्थान तल झरेका हुन् ।

नयाँ वरीयतामा रोहित ८२ औं स्थानमा रहेका छन् । ब्याटिङमा पाकिस्तानका कप्तान बाबर अजाम शीर्ष स्थानमा रहेका छन् ।

यता, ब्याटिङतर्फ टी–२० वरीयतामा कुशल भुर्तेलको एक स्तर बढेर ५१औँ मा रहेका छन् भने दिपेन्द्र ऐरे ५८ औँ स्थानमा रहेका छन् । पहिलो स्थानमा भने भारतका सूर्यकुमार यादव रहेका छन् ।

यस्तै, बलिङतर्फ सन्दीप लामिछाने ४३ औं स्थानमा यथावत रहेका छन् । बलिङमा न्युजिल्याण्डका फास्ट बलर ट्रेन्ट बोल्ट पहिलो स्थानमा रहेका छन् ।