४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

३०१औँ पृथ्वी जयन्तीमा गोरखा समाज सेवा केन्द्रको कार्यक्रम



अ+ अ-

काठमाडौं । ३०१औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका सन्दर्भमा गोरखा समाज सेवा केन्द्र काठमाडौले एक कार्यक्रमको आयोजना गरेको छ ।

काठमाडौको बनस्थली स्थित मदर्स पार्टी प्यालेशमा आयोजित कार्यक्रममा गोरखाबाट काठमाडौमा आई बसोबास गरिरहेका र विभिन्न पेशा तथा व्यवसायमा संग्लन व्यक्तिहरु तथा समाजका लब्धप्रतिष्ठित व्यक्तिको सहभागिता रहेको थियो ।

कार्यक्रममा पृथ्वीनारायण शाहको शालिकमा पुष्पहार अर्पण गर्नुका साथै जलपान कार्यक्रम गरिएको थियो । कार्यक्रमका वक्ताहरुले देशलाई नै न्याय दिएको गोरखा नै अन्यायमा परेको बताएका थिए । उनीहरुले इतिहास र पूर्खाको सम्मान गर्न नसके नागरिक हुनुको अर्थ नहुने बताए । वक्ताहरुले हिजो भत्काइएको शालिक र च्यातिएको इतिहास फेरि जोड्ने प्रयास भएको भन्दै सरकारलाई धन्यवाद दिएका थिए ।