२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल टी–२० लिग: च्याम्पियन बन्न विराटनगरलाई १ सय ३४ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । पहिलो संस्करणको नेपाल टी–२० लिगको च्याम्पियन बन्नका लागि लुम्बिनी अल स्टारले विराटनगर सुपर किंग्सलाई १ सय ३४ रनको लक्ष्य दिएको छ ।

किर्तिपुर टियु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले १९।२ ओभरमा अलआउट भएर १ सय ३३ रन बनायो ।

लुम्बिनीका लागि लाहिरु मिलन्थाले २८ बलमा ४१ रन बनाए । यस्तै हरमित सिंहले ३० रन बनाउँदा कप्तान दीपेन्द्र सिंह ऐरी २० रनमा आउट भए । इशान पाण्डेले १८ रन बनाए भने अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

विराटनगरका लागि बलिङ गरेका रान नानन र नन्दन यादवले समान दुई दुई विकेट लिए भने हुसेन तलत,कियोन जोशेफ,सुर्य तामाङ र कप्तान रोहित पौडेलले समान एक एक विकेट लिए ।

पहिलो क्वालिफायर र दोस्रो क्वालिफायर बिजयी रहेका लुम्बिनी र जनकपुर आज उपाधिका लागि खेल्न लागेका हुन् ।

यस लिगको समूह चरणमा विराटनगर र लुम्बिनीले एक आपसकाविरुद्ध खेलेका दुई खेलमा दुवै खेल लुम्बिनीले जितेको छ ।

यस लिगको विजेताले ५५ लाख पाउनेछ भने उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्नेछ । यस्तै तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ।

त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त प्राप्त गर्नेछ भने उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् । इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ ।