२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

धितोपत्र बोर्डले गर्‍यो तीन ब्रोकर कम्पनीलाई कारबाही



अ+ अ-

काठमाडौं । नेपाल धितोपत्र बोर्डले तीन वटा स्टक ब्रोकर कम्पनीलाई कारबाही गरेको छ । बोर्डले सनी सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज र त्रिसुल सेक्युरिटिजलाई कारबाही स्वरुप नगद जरिवाना तिराएको छ ।

नेपाल धितोपत्र बोर्डले तोकिएको समयमा प्रतिवेदन पेश नगरेको भन्दै सनी सेक्युरिटिज कम्पनीलाई १० हजार रुपैयाँ जरिवाना तिराएको छ । यस्तै, त्रैमासिक आर्थिक प्रतिवेदन समयमा पेश नगरेको भन्दै इम्पेरियल सेक्युरिटिज र त्रिशूल सेक्युरिटिजलाई ७५ हजार रुपैयाँ जरिवाना गराउने निर्णय गरेको नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले बताए ।

त्यसैगरी, रेटिङ एजेन्सी कियर रेटिङ नेपाललाई पनि बोर्डले स्पष्टीकरण सोधेको छ । बोर्डले कियर रेटिङलाई रेटिङ नियमावली २०६८ को उल्लंघन गरी आफ्नो मुख्य सेयरधनीको रेटिङ गरेको भन्दै ऐन २०६३ को दफा १०१ को ७ अनुसार हदैसम्मको कारबाही किन नगर्ने भनी स्पष्टीकरण सोधिएको हो ।