• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo
Latest
★   हिमचितुवा घिमिरेले राखे नयाँ कीर्तिमान ★   लिभरपुललाई प्रिमियर लिग उपाधि होडमा फेरि धक्का, वेस्टहामसँग अंक बाँड्यो ★   बझाङ उपनिर्वाचनमा ४९.१२ प्रतिशत मतदान ★   दिल्लीले मुम्बईलाई २५८ रनको लक्ष्य दियो ★   इलाम–२ मा शान्तिपूर्ण रूपमा मतदान सकियो, ५७ प्रतिशत मत खस्यो ★   आम जनता पार्टी र समाजवादी जनएकता पार्टी नेपालबीच एकता ★   पुँजी बजारमा स्वदेशी लगानीकर्ताको सुरक्षाको माग गर्दै काठमाडौंमा सरकारबिरुद्ध प्रदर्शन ★   घाइते अवस्थामा बाघ देखापरेपछि वन प्रवेश निषेध ★   संसद्लाई कमजोर नबनाउन कांग्रेसको आग्रह ★   लगानी सम्मेलन: एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित

सरकारको लक्ष्य सुशासन र समृद्धि: प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड वर्तमान संसद् विविधताबीचको एकताको फूलबारी भएको भन्दै विविधतामै एकता हाम्रो शक्ति भएको बताउनुभएको छ ।

मंसिर ४ गतेको प्रतिनिधिसभा सदस्यको निर्वाचनपछिको पहिलो प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उहाँले सुशासन दिन सक्छौँ/सक्दैनौँ र जनताको जीवनमा सार्थक परिवर्तन ल्याउन सक्छौँ/सक्दैनौ भन्नेबारेमा जनताको हामीमाथि सःशर्त सम्मान रहेको बताउनुभयो ।

संसद्मा हामी फरक फरक राजनीतिक पृष्ठभूमिबाट आएको भए पनि साझा प्रतिबद्धताबाट हामी एक ठाउँमा उभिन सक्नुपर्ने भन्दै प्रधानमन्त्री प्रचण्डले जनताको अपेक्षा, चासो र चिन्तालाई समाधान गर्न नजिकबाट सूत्र खोज्न सक्नुपर्ने बताउनुभयो ।

उहाँले संसद्मा नयाँ सांसदहरु पनि आउनुभएको भन्दै उहाँहरुको भूमिका रचनात्मक हुने विश्वास व्यक्त गर्नुभयो ।

सरकारको लक्ष्य सुशासन र समृद्धि हुने भन्दै प्रधानमन्त्री प्रचण्डले आर्थिक समृद्धिको अभियानमा केन्द्रीत गर्न, विभेद र असहिष्णुलाई बहिष्कार गरी राष्ट्रिय एकतालाई सुदृढ तुल्याउनु वर्तमान सरकारको अर्जुनदृष्टि हुने उल्लेख गर्नुभयो ।

उहाँले राष्ट्रिय आवश्यकताका बारेमा विवेकपूर्ण निर्णय लिने उल्लेख गर्दै संसद् सार्थक संवादको थलो बन्ने विश्वास व्यक्त गर्नुभयो ।