४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या

सरकारको लक्ष्य सुशासन र समृद्धि: प्रधानमन्त्री प्रचण्ड

सरकारको लक्ष्य सुशासन र समृद्धि: प्रधानमन्त्री प्रचण्ड
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड वर्तमान संसद् विविधताबीचको एकताको फूलबारी भएको भन्दै विविधतामै एकता हाम्रो शक्ति भएको बताउनुभएको छ ।

मंसिर ४ गतेको प्रतिनिधिसभा सदस्यको निर्वाचनपछिको पहिलो प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उहाँले सुशासन दिन सक्छौँ/सक्दैनौँ र जनताको जीवनमा सार्थक परिवर्तन ल्याउन सक्छौँ/सक्दैनौ भन्नेबारेमा जनताको हामीमाथि सःशर्त सम्मान रहेको बताउनुभयो ।

संसद्मा हामी फरक फरक राजनीतिक पृष्ठभूमिबाट आएको भए पनि साझा प्रतिबद्धताबाट हामी एक ठाउँमा उभिन सक्नुपर्ने भन्दै प्रधानमन्त्री प्रचण्डले जनताको अपेक्षा, चासो र चिन्तालाई समाधान गर्न नजिकबाट सूत्र खोज्न सक्नुपर्ने बताउनुभयो ।

उहाँले संसद्मा नयाँ सांसदहरु पनि आउनुभएको भन्दै उहाँहरुको भूमिका रचनात्मक हुने विश्वास व्यक्त गर्नुभयो ।

सरकारको लक्ष्य सुशासन र समृद्धि हुने भन्दै प्रधानमन्त्री प्रचण्डले आर्थिक समृद्धिको अभियानमा केन्द्रीत गर्न, विभेद र असहिष्णुलाई बहिष्कार गरी राष्ट्रिय एकतालाई सुदृढ तुल्याउनु वर्तमान सरकारको अर्जुनदृष्टि हुने उल्लेख गर्नुभयो ।

उहाँले राष्ट्रिय आवश्यकताका बारेमा विवेकपूर्ण निर्णय लिने उल्लेख गर्दै संसद् सार्थक संवादको थलो बन्ने विश्वास व्यक्त गर्नुभयो ।