२१ आश्विन २०८१, सोमबार
,
Latest
‘यूके बेक अफ: द प्रोफेसनल्स–२०२४’ को उपाधि विजेता नारायणको चर्चा चुलिँदै राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना-तस्बिरहरु मेलम्ची पानीको अवरोध खुलाउन मेलम्चीवासीकै घरमा पुगेर अनुरोध गर्छु: खानेपानीमन्त्री यादव हिमालय एयरलायन्सले पोखरा र भैरहवामा १ सय ८० सिटको न्यरोबडी उडाउने दसैँअघि नै सहज बनाइँदै बागलुङको ग्रामीण सडक सुनसरीमा किसान भन्छन्– ‘यसपटकको दसैँ दशा भएर आयो’ बाढीले सर्वश्व गुमाएको कोशीपारीमा अब जेनेरेटरबाट बिजुली (फोटो फिचर) सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा सडक अवरुद्ध बस्तीमा ड्रोनमार्फत् खाद्यान्न पठाइँदै बारपाकमा देखिन छाडे परम्परागत ढुङ्गाका घर
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न रविको पार्टीका सांसदलाई निर्देशन



file photo
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न आफ्ना पार्टीका सांसदहरूलाई निर्देशन दिनुभएको छ ।

रास्वपा संसदीय दलको बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहनुभएका पार्टी अध्यक्ष लामिछानेले सांसदहरुलाई संसदीय बैठकमा जनताले दिएको जिम्मेबारी पूरा गर्नका लागि लाग्न निर्देशन दिनुभयो ।

रास्वपा आफैँ पनि सत्ता साझेदार दल भएकाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन अन्य दललाई पनि आग्रह गरिने उहाँको भनाइ थियो । उहाँले पार्टी नै सरकारमा रहेकाले विश्वासको मत दिनका लागि आफ्ना पार्टीका सांसदहरुलाई ह्विप लगाउन आवश्यक नपर्ने भन्दै त्यो सांसदहरुको जिम्मेबारी भएको बताउनुभयो ।