५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटारमा सत्ता साझेदार दलका शीर्ष नेताको बैठक जारी



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता साझेदार दलका शीर्ष नेताको बैठक सुरु भएको छ । बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने विषयमा छलफल हुने बताइएको छ ।

यस्तै, विभिन्न प्रदेशमा सरकार गठनका विषयमा पनि छलफल हुनेछ । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमालेका हिक्मत कार्की नियुक्त भइसकेका छन् भने बागमती र गण्डकी प्रदेशमा प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दावी पेश गर्न दिएको समय सोमबार सकिँदैछ । त्यस्तै अरु प्रदेशमा पनि मुख्यमन्त्रीमा दावी पेश गर्ने दिन नजिकिँदैछ ।

नेताहरुका अनुसार कुन प्रदेशमा सरकारको नेतृत्व कुन पार्टीले गर्ने भन्ने विषयमा छलफल हुनेछ ।

बैठकमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सीके राउत सहभागी छन् ।