२१ आश्विन २०८१, सोमबार
,
Latest
सुनको मूल्य तोलामा रु ५०० ले घट्यो ‘यूके बेक अफ: द प्रोफेसनल्स–२०२४’ को उपाधि विजेता नारायणको चर्चा चुलिँदै राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना-तस्बिरहरु मेलम्ची पानीको अवरोध खुलाउन मेलम्चीवासीकै घरमा पुगेर अनुरोध गर्छु: खानेपानीमन्त्री यादव हिमालय एयरलायन्सले पोखरा र भैरहवामा १ सय ८० सिटको न्यरोबडी उडाउने दसैँअघि नै सहज बनाइँदै बागलुङको ग्रामीण सडक सुनसरीमा किसान भन्छन्– ‘यसपटकको दसैँ दशा भएर आयो’ बाढीले सर्वश्व गुमाएको कोशीपारीमा अब जेनेरेटरबाट बिजुली (फोटो फिचर) सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा सडक अवरुद्ध बस्तीमा ड्रोनमार्फत् खाद्यान्न पठाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटारमा सत्ता साझेदार दलका शीर्ष नेताको बैठक जारी



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता साझेदार दलका शीर्ष नेताको बैठक सुरु भएको छ । बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने विषयमा छलफल हुने बताइएको छ ।

यस्तै, विभिन्न प्रदेशमा सरकार गठनका विषयमा पनि छलफल हुनेछ । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमालेका हिक्मत कार्की नियुक्त भइसकेका छन् भने बागमती र गण्डकी प्रदेशमा प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दावी पेश गर्न दिएको समय सोमबार सकिँदैछ । त्यस्तै अरु प्रदेशमा पनि मुख्यमन्त्रीमा दावी पेश गर्ने दिन नजिकिँदैछ ।

नेताहरुका अनुसार कुन प्रदेशमा सरकारको नेतृत्व कुन पार्टीले गर्ने भन्ने विषयमा छलफल हुनेछ ।

बैठकमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सीके राउत सहभागी छन् ।