२४ भाद्र २०८३, बुधबार
,
Latest
गायक नवीन पौडेल राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता घरेलु हतियारसहित तीन जना पक्राउ टेलिकमद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १० करोड सहयोग आधारभूत अस्पताल : न जनशक्ति, न उपकरण व्यवस्था र संविधान निर्माणमा भुमिका खेलेका दलहरूको आन्तरिक एकता सुदृढ गर्नु आजको आवश्यकताः सिटौला निर्वाचनको परिणामले नै विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्योः महत बलियो दाबेदारी दिँदै अन्नपूर्ण स्पाइकर सर्वोच्चले काँग्रेसको मुद्दा प्राथमिकतामा राखोस्ः निधी ‘पार्टी टुक्रिने सम्भावना देखिएको छ, एकजुट पारेर अघि बढौँ’ –शशांक कोईराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

वादी समुदायको जीविकोपार्जनका लागि पहल गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वादी समुदायको आत्मसम्मानको रक्षा तथा जीविकोपार्जनका लागि परिणामुखी पहल गरिने बताउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बधाई तथा ज्ञापनपत्र बुझाउन पुगेका वादी समुदायका अगुवासँगको छलफलमा उहाँले आफूले पहिलो पटक प्रधानमन्त्री हुँदा वादी समुदायका पक्षमा मन्त्रिपरिषद्बाट निर्णय गरेको स्मरण गराउनुभयो ।

उहाँले उक्त निर्णय कार्यान्वयनमा देखिएका समस्या हल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।

“म पहिलोपटक प्रधानमन्त्री हुँदा वादी समुदायको आत्मसम्मान, जीविकोपार्जन र व्यवस्थित पुनःस्थापनाका लागि निर्णय गरेको स्मरण छ, इतिहासमै पहिलोपटक राज्यले औपचारिकरुपमा वादी समुदायलाई सम्बोधन गरेको पुस २३ को दिनलाई विजयोत्सवका रुपमा मनाउनुपर्छ”, उहाँले भन्नुभयो, “वादी उत्थान विकास समितिलाई सक्रिय बनाउँदै समुदायले भोग्नुपरेका समस्या समाधान गर्न हामी सरकारका तर्फबाट प्रभावकारी पहल गर्छौं ।”

वादी समुदायका प्रतिनिधिले प्रधानमन्त्री दाहाललाई सफल कार्यकालको शुभकामना दिँदै वादी समुदायले भोग्नुपरेका शिक्षा, स्वास्थ्य, रोजगारी, नागरिकता, पुनःस्थापना र विकास समितिको सक्रियता जस्ता विषयमा ध्यानाकर्षण गराउनुभएको थियो ।

वादी समुदायका पक्षमा पहिलोपटक प्रधानमन्त्री हुँदा राजनीतिकरुपमा सम्बोधन गरेकामा प्रधानमन्त्री दाहाललाई धन्यवाद दिँदै उहाँहरुले अहिलेको कार्यकालमा ती विषय कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभएको थियो ।