१४ आश्विन २०८१, सोमबार
,
Latest
आईपीएलमा बिक्रि भएका विदेशी खेलाडीले प्रतियोगिता नखेले २ वर्षसम्म प्रतिबन्ध लगाइने सिधाकुरा प्रकरणमा सर्वोच्चको आदेश बारे पत्रकार महासंघको यस्तो छ दृष्टिकोण खोलाले बगाएका चौधरीको शव भेटियो फसेका दुई अन्तरिक्षयात्री लिन गएको यान अन्तरिक्ष स्टेशनमा जोडियो बचेखुचेको सामान व्यवस्थापनमा जुट्दै ललितपुरका बाढीपीडित साहासिक उद्दारकर्ता चणिकलाललाई बागमती सरकारले डेढलाख नगदसहित सम्मान गर्ने एनपिएलः सुदूरपश्चिमको लोगो र नाम सार्वजनिक प्राकृतिक विपत्तिबाट जनधनको क्षतिलाई न्यून पार्ने उपाय अपनाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह पठन संस्कृति विकासका लागि साझाको पुस्तक प्रदर्शनी जारी काठमाडौं उपत्यकामा दशैंको दुई दिन मात्रै पेट्रोल पम्प बन्द हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुपरस्टार थालापथी विजय श्रीमती संगीतासँग २३ वर्षपछि अलग हुँदै



अ+ अ-

एजेन्सी । साउथ फिल्म इन्डस्ट्रीका सुपरस्टार थालापथी विजय यतिबेला आफ्नो आगामी फिल्म ‘वारिसु’लाई लिएर चर्चामा छन् ।

यसैबीच उनको व्यक्तिगत जीवनलाई लिएर सामाजिक सञ्जालमा पनि निकै हलचल भइरहेको छ । विजयले आफ्नी श्रीमती संगीतासँग डिभोर्स गर्ने समाचार आइरहेका छन् । विवाहको २३ वर्षपछि यो जोडीले अलग हुने निर्णय लिएको बताइएको छ ।

फिल्ममेकर एट्लीकी श्रीमतीको बेबी शावरमा संगीता उपस्थित नहुँदा डिभोर्सको खबर आयो । यसपछि डिभोर्सको खबर आएपछि उनी ‘वारिसु’को ट्रेलर लञ्च कार्यक्रममा पनि देखिएनन् । यद्यपी, सम्बन्धविच्छेदका सम्बन्धमा उनीहरुले अहिलेसम्म आफ्नो तर्फबाट केही भनेका छैनन् ।

विजय र संगीताको विवाह भएको करिब २३ वर्ष भइसकेको छ । यो जोडीले २५ अगस्ट १९९९ मा विवाह गरेका थिए । दुवैले त्यस अवधिमा हिन्दू र क्रिस्चियन दुवै धर्ममा विवाह गरेका थिए । २००० मा, दम्पतीले जेसन सञ्जय नामको पहिलो बच्चालाई जन्म दिए । जबकि २००५ मा यी दुईलाई पुत्रीलाभ भयो ।