२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्द्रागिरि हिल्सको अध्यक्षमा हेमराज ढकाल



अ+ अ-

काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडको अध्यक्षमा हेमराज ढकाल चयन हुनु भएको छ ।

पौष २१ गते बसेको १३ औं वार्षिक साधारण सभाले ढकाललाई अध्यक्षमा चयन गरेको हो । सभाले आगामी चार बर्षको कार्यकालका लागि संचालक सदस्यमा उत्तम कुमार नेपाल , कल्याण गुरुङ्ग ,दिलिप शेखर श्रेष्ठ निर्विरोध निर्वाचित हुनु भएको छ ।

नवनिर्वाचित अध्यक्ष ढकाल चन्द्रागिरि हिल्सका संस्थापक अध्यक्षसमेत हुनुहुन्छ । लामो समयको मलेसिया बसाइँका क्रममा त्यहाँ निर्माण भएको ग्यान्टिङ्ग हाइल्यान्ड परियोजनाबाट प्रभावित भई अध्यक्ष ढकालले सन् २००९ देखि नै एकीकृत पर्यटकीय पूर्वाधारको रुपमा चन्द्रागिरि हिल्सको परिकल्पना गर्नु भएको थियो ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल, साहसिक खेल तथा पाँच तारे लक्जरी रिसोर्ट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।