८ पुष २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थमन्त्रीसँग शेरबहादुर तामाङले गरे तातोपानी नाकाबारे छलफल



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका नेता शेर बहादुर तामाङले अर्थमन्त्री विष्णु प्रसाद पौडेलसँग भेट गरेका छन् ।

नेता तामाङले शुक्रबार अर्थ मन्त्रीको कार्यकक्षमा तातोपानी नाकाबारे छलफल गरेका हुन् ।

काठमाडौँदेखि एक सय २४ किलोमिटर दूरीमा रहेको चीनसँग जोडिएको नेपालको सबैभन्दा पुरानो नाकाबाट भूकम्पपछि आंशिक रूपमा आयात खुला भएको चारवर्ष भए पनि निर्यात बन्द भएको सात वर्ष भइसकेको छ ।

तातोपानी नाका नियमित सञ्चालन नभएपछि मितेरीपुलदेखि चीन–नेपाल दुवैतर्फको करिब पाँच किलोमिटर क्षेत्रमा चहलपहल छैन । यो नाकाबाट कहिलेकाँही मात्र सामान आयात भएको छ । नाका बन्द हुँदा त्यहाँ कार्यरत व्यवसायीहरू पलायन हुन थालेका छन् ।