२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा. हेमन्त खतिवडाको आध्यात्मिक भजन संग्रह पुस्तक प्रकाशित



अ+ अ-

काठमाडौं । डा. हेमन्त खतिवडाको आध्यात्मिक गीतहरुको भजन संग्रह पुस्तक प्रकाशित भएको छ । १०६ वटा भजनहरुसहित ११५ पृष्ठ मा तयार भएको भजन संग्रह पुस्तकमा गणेश, राम, शिव, दुर्गा, हनुमान, सरस्वती, विष्णु कृष्ण, लक्ष्मी लगाएतका भजन छन् ।

साथै अन्य बाँकी भजनहरु जीवन, मृत्यु को विषयमा लेखेको डा. खतिवडाले बताएका छन् । भजन संग्रह पुस्तकमा पचास वटा भजन आशा भोश्ले, साधना सरगम, कैलाश खेर, पंडित जसराज कुमार सानु लगायत गायक गायिकाहरुले गाएका छन् ।

क्लासिकल र सेमि क्लासिकलमा गाइएका कतिपय भजन रहेपनि प्रचलित परम्परा भन्दा फरक किसिमले यसमा लेखिएको, निराशावादी नभइकन अधिकांश भजनहरु आशा र उत्साह जगाउने किसिमका, साथै मृत्यु लाई पनि उत्सवको रुपमा चित्रण गरेर लेखिएका भजनहरु उक्त भजन संग्रह पुस्तकमा समावेश भएको डा. खतिवडाले बताएका छन् । डा. खतिवडाका अनुसार यसमा मानिसहरु लाई उत्प्रेणा र प्रेरित गर्ने खालका जीवन दर्शनका विषयहरु पनि समेटिएका छन् ।

गीतकार स्वयम् प्रकाशक रहेको सो भजन संग्रहको मूल्य भने मात्र रु २०० रहेको छ । आकर्षक छपाइ र राम्रो कागजमा सजिएको भजन संग्रह, आध्यात्मिक भजन संग्रहमा गीतकारको पहिलो भजन संग्रह हो ।