४ बैशाख २०८२, बिहीबार
April 17, 2025 Thursday

22.27°C

काठमाडौं

22.27°C

Kathmandu

Feels-like: 22.22

Wind: 2.57

Humidity: 64

Latest
प्रधानमन्त्रीलाई गाह्रो भएको हो भने प्रधानमन्त्रीकै टिम बनाऔंः विश्वप्रकाश शर्मा राप्रपाले वैशाख ७ गते निषेधित क्षेत्रमा प्रदर्शन गर्ने मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते रास्वपा केन्द्रीय समिति बैठक जारी स्वास्थ्य मन्त्रालयले भन्यो–औषधि लिमिटेड खरिद प्रक्रियामा समावेश छैन, यो किराना पसलबाट सामान किनेजस्तो होइन कामपाले हटायो कवाडी सङ्कलन केन्द्र वैदेशिक रोजगार ऐन संशोधनका लागि कार्यदलले काम थालिसक्यो, आउँदो अधिवेशनमा पास हुन्छः मन्त्री भण्डारी चर्चित फुटबलर रोबर्टो कार्लोस भोलि नेपाल आउँदै प्रधानमन्त्रीदेखि मुख्यमन्त्रीका नाममा रोजगार कार्यक्रमः कार्यान्वयनको अवस्था बेहाल कोरलामा व्यापारिक चहलपहल बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटार बैठकपछि गृहमन्त्रीः मन्त्रालय फुटाउने योजना छैन



अ+ अ-

काठमाडौँ ।सत्ता साझेदार दलको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको बैठकले विशेष गरेर आम नागरिकसँग सरोकार राख्ने, जनताको मन छुनसक्ने, भ्रष्टाचार नियन्त्रण, जनजीविकाका सवाल तथा अन्य नीतिगत सवालमा केन्द्रित रहेर सरकारको न्यूनतम कार्यक्रम ल्याउने निर्णय गरेको हो ।

बैठकबारे पत्रकारलाई जानकारी दिँदै उपप्रधानमन्त्री एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले भन्नुभयो, “बाहिर बाहिर मात्रै मन्त्रालय फुटाउने, बढाउने भन्ने सवाल आएको छ, तर त्यसबारेमा बैठकमा कहीँकतै पनि छलफल भएको छैन, यो कहाँबाट आयो हामीलाई थाहा छैन, त्यसतर्फ जाने कुनै तयारी पनि छैन ।”

सरकारको न्यूनतम कार्यक्रम ल्याएर सरकारले संसद्बाट विश्वासको मत ल्याएपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने उपप्रधानमन्त्री लामिछानेले जानकारी दिनुभयो । बैठकमा सङ्घीय सरकारलाई पूर्णता दिने र प्रदेश सरकार गठनलगायत मुलुकको समसामयिक राजनीतिक र सामाजिक विषयमा समेत छलफल भएको थियो ।

उहाँले भन्नुभयो, “हामीले निर्देशन मात्रै दिएका छैनौँ, त्योसँगै योजना पनि बनाएका छौँ, त्यसको अपडेट पनि छ, निर्देशनसँगै विज्ञ टोलीसँग छलफल पनि गरिरहेका छौँ, तत्कालीन र दीर्घकालीन समाधान खोज्नेबारे पनि छलफल भइरहेको छ ।” रासस