२१ मंसिर २०८२, आईतवार
,
Latest
बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटारमा सत्ता साझेदार ५ दलका शीर्ष नेताबीच छलफल जारी



फाईल फोटो
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलहरूको बैठक बसेको छ ।

बुधबार अपरान्ह प्रधानमन्त्रीसमेत रहनु भएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सत्ता साझेदार दलहरूको शीर्ष नेताहरूको बैठक बसेको हो ।

बैठकमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिसमेत रहनु भएका गृहमन्त्री रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव सहभागी रहनु भएको छ ।

न्यूनतम साझा कार्यक्रम ल्याउने, समसामयिक राजनीतिलगायत विषयमा उहाँहरूबीच छलफल जारी छ ।

प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिँदै हुनुहुन्छ । विश्वासको मत लिएपछि मन्त्रिमण्डल विस्तार गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी छ ।