२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल राष्ट्र बैंकबाट चालुपूँजी कर्जा मार्गदर्शन संशोधन – पूर्णपाठ सहित



अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ संशोधन गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि केन्द्रीय बैंक वित्तीय अनुशासन र स्थायित्व कायम गर्ने भनिएको उक्त मार्गदर्शन संशोधन गर्न सहमत भएको हो ।

अब केन्द्रीय बैंकले मार्गदर्शनमा भएको चालु सम्पत्ति र वार्षिक कारोबारका आधारमा मात्रै चालु पूँजी कर्जा पाइने व्यवस्थालाई तत्काल कार्यान्वनयनमा ल्याउने छैन । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बुधबार अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्री प्रचण्डसँग भेट गरेपछि मार्गदर्शन संशोधन गर्नुभएको हो ।

लामो गृहकार्यपछि गत भदौ ७ गते नेपाल राष्ट्र बैंकले चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शन,२०७९ जारी गरेको थियो । यद्यपि बैंकले २०७८ पुस १० गते नै ३५ दिनभित्र राय सुझाव पेश गर्न भन्दै यसको मस्यौदा सार्वजनिक गरेको थियो । सात महिनापछि जारी गरेको उक्त मार्गदर्शन कात्तिक १ गते कार्यान्वयनमा ल्याइएको थियो ।

संशोधन भएको मार्गदर्शनमा चालु पूँजीले दिएको सीमाभन्दा बढी ऋण चलाउने व्यवसायीलाई सीमाभित्र ल्याउन २ वर्षको समय दिने व्यवस्था गरिएको छ ।

मार्गदर्शन संशोधनको पूर्णपाठ

WC Guidelines 1st Amendment upload