१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar तुइन र गाडीमा झुन्डिँदै रसुवाका विद्यार्थीको जोखिमपूर्ण यात्रा News Polar डुम्रे–बेँसीसहर–चामे सडक शुक्रबारसम्म पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी News Polar सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध News Polar थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी News Polar ट्राफिक कारबाहीः पछिल्लो २४ घण्टामा ६३४ जना सवारीचालक कारबाही News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar एशियाली खेलकुदमा नेपालका चार जुडो खेलाडी पहिलो चरणमै बाहिरिए News Polar नेप्सेमा उपलब्ध सबै वित्तीय उपकरणको कारोबार सञ्चालन गर्न सक्षम छौँ : सुवेदी News Polar जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार News Polar ललितपुरको सुरस्चन्द्र महाविहार महापालमा वसुन्धरादेवीको व्रतपूजा News Polar नेप्सेमा रणनीतिक साझेदार भित्र्याएर निजीकरण गर्नुपर्ने महासंघका रेग्मीको सुझाव News Polar बीपी राजमार्गमा स्कार्पियो २० मिटर तल खस्यो, आठ जना घाइते News Polar आस्थाको केन्द्र बन्दै कपिलवस्तुकाे रक्षाबाबा News Polar गर्मी र वर्षाले बढ्यो सर्पको बिगबिगी News Polar एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फिर्ता News Polar भाेजपुरका बाख्रापालक कृषकलाई अनुदान सहयोग News Polar आयुर्वेद शिक्षण अस्पताल पुनःसञ्चालनमा News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य

सभामुखमा पृथ्वीसुब्बा र छविलाल आकांक्षी

सभामुखमा पृथ्वीसुब्बा र छविलाल आकांक्षी
अ अ+ अ-

काठमाडौँ । नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)सहितको गठबन्धनमा प्रतिनिधिसभाको ५ वर्षे कार्यकालको सुरुको आधा समय सभामुख पद एमालेल लिने सहमति भएसँगै एमालेभित्र दुई नेताले सो पदमा दाबी गरेका छन् ।

एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सचिव छविलाल विश्वकर्मा सभामुखमा आकांक्षी रहेका हुन् ।

यसका लागि दुबै नेताले पार्टी अध्यक्ष केपी शर्मा ओलीसमक्ष दाबी गरिसकेको एमाले स्रोत बताउँछ । एमालेले नै सभामुख पाउने निश्चित भएपछि नेताहरु आफ्नो पक्षमा निर्णय गर्न नेतृत्वसमक्ष लबिङमा व्यस्त छन् ।

प्रतिनिधिसभाको अधिवेशन २५ पुसमा सुरु हुँदैछ । पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख चयन गरिसक्नुपर्ने संवैधानिक प्रावधान छ । तसर्थ १० माघभित्र सभामुखको निर्वाचन गरिसक्नुपर्नेछ ।

२६ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने तयारीमा छन् । प्रधानमन्त्रीले विश्वासको मत लिएपछि सभामुखको निर्वाचनको प्रक्रिया सुरु हुनेछ ।

पार्टीभित्र उपाध्यक्ष सुवास नेम्वाङलाई नै सभामुख बन्न आग्रह गरेपनि चारपटक सभामुख बनिसकेका नेम्वाङले भने राष्ट्रपतिमा दाबी रहने नत्र पार्टी उपाध्यक्ष नै रहने बताइसकेका छन् ।