२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको सर्वोच्च अदालतको फैसला– ‘नोटबन्दीको निर्णय सही थियो’



अ+ अ-

एजेन्सी । भारतको सर्वोच्च अदालतले नरेन्द्र मोदी नेतृत्वको सरकारले गरेको नोटबन्दीको निर्णय सही भएको बताएको छ ।

मोदी नेतृत्वको सरकारले सन् २०१६ मा पाँच सय र हजार दरका भारतीय नोटलाई प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धित नोटको विषयमा परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले सरकारले नोटमा लगाएको प्रतिबन्धलाई सही भएको फैसला गरेको हो ।

भारतको केन्द्रीय सरकार र भारतीय रिजर्भ बैंक (आरबीआई) को सहमतिपछि नोटबन्दी गर्ने निर्णय भएको थियो । अदालतले भारतीय रिजर्भ बैंकसँग नोटमाथि प्रतिबन्ध लगाउने स्वतन्त्र अधिकार नभएको भन्दै सरकारको निर्णय सही भएको बताएको हो ।

पाँच जना न्यायाशीश रहेको संवैधानिक इजलासमा चार जना न्यायाधीश नोटबन्दीको पक्षमा रहेका र बाँकी एक जनाले नोटबन्दी सही नभएको भन्दै विपक्षमा आफ्नो भनाइ राखेका थिए ।