२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

खनालको दस्तावेज: वामपन्थीबीच कार्यगत एकता भए सरकारमा जान सकिन्छ



file
अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को जारी पोलिटब्यूरो बैठकमा सम्मानित नेता झलनाथ खनालले वामपन्थीबीच कार्यगत एकता भए सरकारमा सहभागी हुन सकिने प्रस्ताव गर्नुभएको छ ।

बैठकमा लिखित प्रस्ताव राख्दै उहाँले अहिले नै कसैसँग पार्टी एकता भइहाल्ने अवस्था नभएको बताउनुभएको छ ।

१० पृष्ठको लिखित दस्तावेज प्रस्तुत गर्दै नेता खनालले भन्नुभएको छ, “सबै वामपन्थीहरुका आ‐आफ्ना दृष्टिकोण, विचार नीति र सिद्धान्त छन । तिनीहरुमा भिन्नता पनि निक्कै गहिरा गहिरा छन् । तिनीहरूलाई अहिले मिलाउन र एकरुपता कायम गर्न सकिँदैन । यतिबेला भिन्नताहरुलाई एकातिर राखेर साझा सवालमा कार्यगत एकता गर्नुको कुनै विकल्प छैन ।”

देशको परिवर्तित स्थिति र हाम्रो दृष्टिकोणमा खनालले जनता, राष्ट्र र देशका साझा हितहरूलाई अघि बढाउन सबै वामपन्थीहरुकाबीच कार्यगत एकता आजको आवश्यकता रहेको उल्लेख गर्नुभउको छ ।

पार्टीको शनिबार भएको स्थायी कमिटी बैठकमा मौखिकरुपमा राखेको धारणालाई पोलिटब्यूरो बैठकमा लिखितरुपमा प्रस्तुत गर्नुभएको हो ।

सम्मानित नेता, क.झलनाथ खनालले पार्टीको स्थायी कमिटिमा राख्नुभएका बिचार