९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सौरभको निर्देशनमा ‘अगस्त्य’ बन्ने



अ+ अ-

काठमाडौंँ । सौरभ चौधरीको निर्देशनमा फिल्म ‘अगस्त्य’ निर्माण हुने भएको छ । डार्क हर्स इन्टरटेनमेन्ट प्रालीको ब्यानरमा निर्माण हुने फिल्म प्रकास मल्ल र अनिस तामाङले बनाउन लागेका हुन् ।

केही नेपाली र केही भारतीय कलाकारको अभिनय रहने फिल्म सस्पेन्स थ्रिलर बिषयमा निर्माण हुन लागेको बताइएको छ । ‘अगस्त्य’ च्याप्टर १ र च्याप्टर २ गरेर दुई पार्टमा निर्माण हुन लागेको हो । फिल्मको दुबै पार्टको लेखन समेत निर्देशक सौरभ आफैले गरेका छन् । फिल्मको दुबै पार्टको लेखन समेत सकिएको छ ।

नेपाल र भारतमा बराबर जस्तो सुटिङ हुने फिल्म आफ्नो ड्रिम प्रोजेट रहेको निर्देशक सौरभ बताउँछन् । ‘करिब ३ बर्षदेखि म यो प्रोजेटमा काम गरिरहेको छु’ सौभरले भने । राजेश श्रेष्ठको छायांकन रहने फिल्मको कलाकार केही छनौटको क्रममा छन् । फिल्मको छायांकन बैशाखको अन्तिमबाट सुरु हुनेछ ।