२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

हिमालय एअरलाइन्सको एयरबस पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण

हिमालय एअरलाइन्सको एयरबस पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण
अ अ+ अ-

काठमाडौं: निजी क्षेत्रको  हिमालय एअरलाइन्सको एयरबस ए३२० 9N-ALV ले आज पुस १७ गते अन्तर्राष्ट्रिय विमानस्थल (पीआईए) पोखरामा प्रदर्शनी उडान सफलतापूर्वक सम्पन्न गरेको छ ।

अङ्ग्रेजी नयाँ वर्ष २०२३ का दिन यो एअरलाइन्सले पहिलो ऐतिहासिक अवतरण पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (पीआईए) मा गरेको छ ।

नेपालको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (पीआईए) को उद्घाटन समारोहका लागि हिमालय एअरलाइन्स्ले आज बिहान १३ः११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल(टीआईए) काठमाडौँबाट उडान भरेर १३ः४४ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (पीआईए) मा अवतरण गरेको कम्पनीले जनाएको छ ।

 

हिमालय एअरलाइन्सको एअरबस ए३२०-२१४ पोखरामा अवतरण गर्ने पहिलो एअरबस बनेको छ । यो विमान 9N-ALV लाई पानीको फोहराको सलामी दिई स्वागत गरिएको थियो ।

पोखरा विमानस्थलका उच्च अधिकारीहरूले हिमालय एअरलाइन्स् टोलीको नेतृत्व गर्ने विजय श्रेष्ठ, उपाध्यक्ष, प्रशासन र क्याप्टेन हाओ डी, उपाध्यक्ष,सञ्चालक) लाई स्वागत गरेका थिए ।

त्यसपछि विमान १५ः४४ बजे प्रस्थान गरेर १६ः१७ बजे काठमाडौँमा अवतरण गरेको थियो ।

कार्यक्रममा उपस्थित श्री विजय श्रेष्ठ, उपाध्यक्ष, प्रशासनले भन्नुभयो, “हिमालय एयरलाइन्स् सधैँ उड्डयन क्षेत्रको सुरक्षा र यसको सुरक्षित अभिवृद्धिका लागि प्रतिबद्ध छ । हाम्रो एयरबस ब्घद्दण् पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेर यसले सुन्दर तालहरूको सहर पोखरा भ्रमण गर्न विश्वभरी पक्कै पनि सकारात्मक सन्देश दिएको छ । आजबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनु नेपालका लागि साहसिक पर्यटनको राजधानीको उद्घाटन हुनु हो, जसले नेपालको पर्यटन व्यवसायलाई उचाइमा पु¥याउने छ । हामी विश्वास गर्छौं कि हाम्रो योगदानले उड्डयन क्षेत्रलाई मात्र होइन, नेपालको पर्यटन क्षेत्रको समग्र विकासमा सहयोग पुग्ने छ ।”

***

हिमालय एअरलाइन्सका बारेमा

नेपाली नागरिकहरुसँग अन्य राष्ट्रहरुका नागरिकहरुको सम्पर्क प्रवर्द्धन गर्नेतथा राष्ट्रको व्यापार र पर्यटनको प्रवर्द्धन गर्ने दुई प्रमुख उद्देश्यहरुका साथनेपाल–चीन बीचको संयुक्त लगानीमा स्थापित हिमालय एअरलाइन्स् कोस्थापना सन् २०१४ मा भएको थियो। 

हिमालय जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र तिब्बतस्थित तिब्बतएभियशन डेभेलप्मेन्ट एण्ड इन्भेस्टमेन्ट कम्पनी लिमिटेड (TADIC) रनेपालको काठमाडौँ स्थित यती वर्ल्ड इन्भेस्टमेन्ट प्रा. लि. बीचको संयुक्तसहकार्यमा सञ्चालित छ । 

आफ्नो स्थापनाको सात वर्षकै छोटो अवधिमा हिमालय एअरलाइन्स् लेआफ्नो जहाजको संख्यामा ४ वटा विमानहरू; १८० इकोनोमी सीटसहितकातीन ३२०–२१४ एअरबसहरु र १२० इकोनोमी तथा ८ बिजनेस सीटसहितकोएउटा एअरबस ३१९–११५, सञ्चालनमा ल्याएको छ । हिमालय एअरलाइन्स्ले हाल मध्यपूर्व र दक्षिण एशियाका प्रमुख देशहरू: युएई , मलेसिया, कतार, साउदी अरेबिया, s’j]t र बंगलादेशलगायतका देशहरुमा यात्रुवाहकउडानहरू सञ्चालन गरिरहेको छ भने कार्गो उडानहरू विशेष रूपमा चीनबाटर चीनसम्म सञ्चालन गरिरहेको छ।  

व्यावसायिक सञ्चालनको पहिलो वर्षमा, हिमालयले साउथ एशियन ट्राभलअवार्ड्स (SATA) २०१७ मा “दक्षिण एशियामा अग्रणी नव अन्तर्राष्ट्रियएअरलाइन्स् ” को रुपमा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्‍यो ।

सन् २०२० को अगस्तमा हिमालय एअरलाइन्स् ले गुणस्तरीय व्यवस्थापनप्रणाली (QMS) को लागि नेपालमैं पहिलो पटक आइ. एस. ओ. ९००१: २०१५ प्रमाणीकरण प्राप्त गर्यो । यस प्रमाणीकरणले आफ्नो व्यवस्थापनकोहरेक क्षेत्रमा उच्चतम सम्भावित मापदण्डहरू प्रदान गर्ने एअरलाइन्स् कोदृष्टिकोणअनुरूप जहाज मर्मत–सम्भार र इन्जिनियरिङ सेवाहरू उपलब्धगराउने हिमालय एअरलाइन्स् को योग्यता पुष्टि गरेको छ। 

सन् २०२१ को डिसेम्बरमा हिमालय एअरलाइन्स् सफलतापूर्वक अर्को आइ. एस. ओ. ९००१–२०१५ गुणस्तरीय व्यवस्थापन प्रणाली प्रमाणीकरण प्राप्तगर्ने नेपालको पहिलो वायुसेवा बन्यो । आइ. एस. ओ. ९००१–२०१५ कोमापदण्डअनुरुप गुणस्तर व्यवस्थापन प्रणालीको पालना गरेवापतएअरलाइन्स् ले प्रमाणपत्र प्राप्त गरेको हो। हिमालयलाई “उड्डयन सम्बन्धितप्रशिक्षण सेवाहरूसहित हवाई यात्रुहरू र मालवाहक परिवहनहरूका” लागीआइ. एस. ओ. प्रमाणपत्र दिइएको हो। यस उपलब्धिले उच्च कार्यसम्पादनअभ्यासहरूप्रति कर्मचारीहरुको समर्पण र गुणस्तरप्रति एअरलाइन्स् कोनिरन्तर प्रतिबद्धत्ताको पुष्टि गर्दछ।

हिमालय एअरलाइन्स् ले सन् २०२१ बाट पहिलेको भन्दा सुरक्षित उडानसुनिश्चित गर्न आफ्ना सबै जहाजहरुमा जीवन बचाउने यन्त्र – स्वचालितबाह्य डिफिब्रिलेटर (AEDs) जडान गर्‍यो । यससँगै हिमालय एअरलाइन्स्उक्त यन्त्र जडान गर्ने पहिलो र एक मात्र नेपाली एअरलाइन्स् बनेको छ ।सुरक्षा, समयमै कार्यसम्पादन (OTP) र मुख्यतया आफ्ना ग्राहकहरूकोसेवामा उत्कृष्टता हासिल गर्ने लक्ष्यसहित हिमालय एअरलाइन्स् लेआफूलाई भरपर्दो एअरलाइनको रूपमा स्थापित गरेको छ र दक्षिणएशियामा अग्रणी एअरलाइन्स् को रूपमा उभिने उत्कट अभिलाषा राखेको छ।