२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

तत्काल कुनै पार्टी सङ्ग एकीकरण हुदैन: एस प्रवक्ता खतिवडा



अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का प्रवक्ता जगन्नाथ खतिवडाले कुनै पार्टी सङ्ग एकीकरण गर्ने गरी अगाडि नबढेको जनाउनु भएको छ ।

सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले बजार हल्लाको भ्रममा नपरौ भन्दै कुनै पनि प्रकारका प्रायोजित प्रचारको भ्रममा परेर धारणा नबनाउन आग्रह गर्नुभएको छ ।

उहाँले लेख्नुभएको छ-

बजार हल्लाको भ्रममा नपरौ। हाम्रो पार्टी नेकपा ९एकीकृत समाजवादी० कुनै पार्टी सङ्ग एकीकरण गर्ने गरी अगाडि बढेको छैन । यति बेला पार्टी सुदृढीकरण को योजना बनाउदै छ। पार्टी बिस्तारका अभियानहरु कसरी अगाडि बढाउने भनेर बिचार बिमर्शमा छ। स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटिका बौठक हरु आयोजना गर्ने तयारी गर्दैछ।

प्रचण्ड नेतृत्वको सरकार मा जाने कि नजाने भन्ने विषयमा पनि निर्णय गरि सकेको छैन , छलफल चल्दैछ।तसर्थ, कुनै पनि प्रकारका प्रायोजित प्रचारको भ्रममा परेर धारणा बनाउन हुदैन ।