२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटारमा हस्ताक्षर हुन नपाएको त्यो पत्र…



अ+ अ-

काँग्रेस माओवादीको गठबन्धन भत्किएर बनेको वर्तमान सत्ता उलटफेरभित्र खोजीपसे निकै रोचक घटनाहरु भेटिन्छन् ।

यसैक्रममा भेटिएको छ एउटा पत्र जो मस्यौदा मात्र भयो हस्ताक्षर हुन पाएन । पत्र बालुवाटारमै मस्यौदा भएको थियो र मस्यौदाकार थिए अघिल्लो सरकारका प्रवक्ता । शेरबहादुर देउवा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की देउवाका विश्वासपात्र हुँ भन्छन् । यिनै विश्वासपात्रप्रति देउवाले गरेको विश्वासले नै देउवाको जहाज डुबेको निष्कर्ष यतिखेर सबै काँग्रेसीले निकालेका छन् ।

उनी त्यो हैसियतको क्षमता राख्ने व्यक्ति नभएको र उनको असक्षमताका कारण नै काँग्रेसले निर्वाचन गराई संघर्ष गरेर सबैभन्दा ठूलो दल बन्न सफल भएको भए पनि मुखैमा आएको भाग खोसिएको थियो । यिनै कार्कीको मायाजालमा देउवा फस्दा काँग्रेस सत्तारोहणबाट वञ्चित मात्र भएन पार्टीभित्र देउवाको व्यापक मात्रामा आलोचना पनि भएको छ ।

पत्र गएको आइतबार मस्यौदा गरेका थिए कार्कीले, जबकि त्यो पत्रको कुनै अर्थ नै थिएन । गएको शनिबार राति बालकोटमा वर्तमान सत्ताको लगभग बाँडफाँड नै भएको थियो । प्रचण्ड प्रधानमन्त्री, एमालेका भागमा राष्ट्रपति र सभामुख अनि मन्त्रिमण्डल आपसी सहमतिबाट । तर पनि अन्तिम अर्थात् निर्णायक बैठक भन्दै प्रचण्ड आइतबार बालुवाटार पुगेका थिए । उनलाई थाहा थियो काँग्रेसले प्रधानमन्त्री छोड्दैन भन्ने तर पनि प्रचण्ड जिद्दी गरिनै रहेका थिए । उनको त्यो रणनीति नदिए बालकोटको सहमति छँदैछ भन्ने नै थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार निर्माणका लागि दिएको एक हप्ताको समय त्यसैदिन सकिँदैथियो । यदि त्यस दिन दुई वा त्यो भन्दा बढी दलले सरकार नबनाएमा संविधान बमोजिम सबैभन्दा ठूलो दललाई सरकार निर्माणको आह्वान राष्ट्रपतिले गर्नुपर्ने थियो । यता समय घर्किँदै थियो उता प्रधानमन्त्री छोड्न प्रचण्ड सहमत थिएनन् ।

तर आज पनि प्रचण्डले प्रधानमन्त्री छोड्न तयार नभए के गर्ने भन्ने जुक्ति कार्कीले बिहानै निकालेका थिए । उनले त्यस दिन पनि प्रचण्डले सहमति नगरेमा सरकार निर्माणका लागि थप एक हप्ता म्याद राष्ट्रपतिबाट थपाउने जिम्मेवारी आफूले लिएका थिए । उनले पार्टीकै बैठकमा अघिल्लो सत्ता गठबन्धनका चार दलका नेताको हस्ताक्षर हुनेगरी राष्ट्रपतिलाई दिने सो पत्र मस्यौदा गरेका थिए । राष्ट्रपतिले म्याद नथप्ने आशंका देउवाले गरेता पनि ‘राष्ट्रपति मेरो आफन्त भएकाले त्यो काम म गराउँछु’ भनेर कार्कीले नै जिद्दी गरेका थिए ।

तर त्यो मस्यौदामा नै सीमित रह्यो, हस्ताक्षर हुन पाएन । सत्तामा उनी सरकारका प्रवक्ता अनि अर्का बालकृष्ण खाँण गृहमन्त्री । उनीहरुलाई नै थाहा भएन बालकोटमा माओवादी नेताहरुले केही दिनदेखि डिनर खाँदै सहमति गर्दै गरेको । शनिबार राति उता सत्ता बाँडफाँडको सहमति भैसक्यो तर यी कार्की भने बेखबर भएर बालुवाटारमै बसिरहन्थे । देउवाले विपक्षी दलहरुसँगको वार्ता होस् या सत्ता गठबन्धनका बैठकहरुमा पनि उनैलाई विश्वास गरेर पठाउने गर्दथे । तर उनले विपक्षी गठबन्धन बुझ्दैनथे, केवल काँग्रेसका तर्फबाट सहभागी मात्र हुने गर्दथे । कतिपय बैठकहरुमा पार्टीका महामन्त्रीलाई पनि लैजानुपर्ने पदाधिकारीको सुझावमा उनी रुखो बन्ने गर्थे । खासगरी गगन थापालाई कुनै पनि काम या बैठकमा सहभागी बनाउँदा उनी रिसाउँथे ।

यिनको पछिल्लो सोच के थियो भने एक हप्ता समय थपाउने र त्यसबीचमा प्रधानमन्त्री नदिने भनेर प्रचण्डलाई गलाउने । तर उनको यो लाटो हिसाब कामै लागेन । यता यिनले यस्तो केटौले रणनीति बनाइरहँदा उता प्रचण्डले भने प्रधानमन्त्री बन्ने सहमति केही दिन अघि नै गरिसकेका थिए ।