१९ मंसिर २०८२, शुक्रबार
,
Latest
महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सावधानीपूर्वक कदम चाल्दा अर्थतन्त्र ठिक ठाउँमा आउँछः अर्थमन्त्री पौडेल



अ+ अ-

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सावधानीपूर्वक कदम चाल्दा ठिक ठाउँमा आउने बताउनुभएको छ ।

बुधवार अर्थ मन्त्रालयमा नेपाल आर्थिक पत्रकार संघसँगको छलफलमा बोल्दै मन्त्री पौडेलले सरकारले सावधानीपूर्वक कदम चाल्दा अर्थतन्त्र सकारात्मक दिशामा आउने बताउनुभएको हो ।

उहाँले अहिले सबैको साझा सरोकारको विषय आर्थिक क्षेत्रमा देखिएका समस्या समाधान खोज्ने र सबल अर्थतन्त्रमा निर्माण गर्न सकिने बताउनु भयो । उहाँले अर्थतन्त्रमा देखिएका समस्या समाधान गरी सबल अर्थतन्त्र बनाउन सबैले एउटा एउटा इट्टा थप्दै जानुपर्ने आवश्यता रहेको बताउनु भयो । उहाँले मुलुकको अर्थतन्त्र काबुभन्दा बाहिर नभए पनि समस्या भने रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ मुलुकको अर्थतन्त्र काबु भन्दा बाहिर गएको भन्ने होइन । तर अर्थतन्त्रमा समस्याहरु छन् । यदी मिस ह्यण्डिल ग¥यो भने अर्थतन्त्र अफ्ठ्यारोमा पर्नसक्छ । सावधानिपूर्वक हिँड्यौं भने र ठिक ढङ्गले कदम चाल्दै गयौं भने अर्थतन्त्र ठिक ढङ्गमा आउनसक्ने देखिएको छ । अर्थ मन्त्रालय भित्र र बाहिर बसेर हेर्दा फरक पर्ने रहेछ ।’

‘त्यो मैले महशुस गरेको छु । अहिले सबैको साझा सरोकार अर्थतन्त्रको आर्थिक क्षेत्रमा देखिएका समस्याहरुको समाधान खोज्ने र सबल अर्थतन्त्र निर्माणका लागि एउटा एउटा इट्टा थप्दै जाने त्यो क्षणमा हामी छौं । यही दिशामा पत्रकारहरुको पनि रचनात्मक सहयोगको अपेक्षा गर्दछु ।’

मन्त्री पौडेलले अर्थतन्त्रलाई सबल बनाउनको लागि आर्थिक पत्रकारहरुले रचनात्मक भुमिका खेल्नुपर्ने बताउनु भयो ।