२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी प्रदेशसभा सदस्यको शपथ १६ गते



अ+ अ-

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले प्रदेशसभाका सदस्यलाई यही पुस १६ गते शपथ गराउन प्रदेश प्रमुखलाई सिफारिस गरेको छ ।

लुम्बिनी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेशसभाका सदस्यलाई शपथ गराउन सरकारका तर्फबाट प्रदेश प्रमुख अमिक शेरचनलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश अधिवेशन पुस १८ गते बोलाउने निर्णयसमेत गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला, कानून तथा सञ्चारमन्त्री तिलकराम शर्माले बताउनुभयो । लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्यलाई दाङको देउखुरीमा रहेको प्रदेशसभाको भवनमा शपथ गराउने तयारी गरिएको छ ।