२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशबाट फर्किएका युवाको सहकारीः एक वर्षमा ४४ लाखको दूध बिक्री



फाईल फोटो
अ+ अ-

बलेवा । वैदेशिक रोजगारीबाट फर्केका युवाले गठन गरेको दुग्ध उत्पादक सहकारीले एक वर्षमा रु ४४ लाखको दूध बिक्री गरेको छ ।

बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा रहेको जैमिनी दुग्ध उत्पादक सहकारी संस्थामा आवद्ध किसानले एकै वर्षमा रु ४४ लाख बढीको दूध बिक्री गरेका हुन् । साविक कुश्मीशेरा गाविस–३ र ४ बाट वैदेशिक रोजगारीबाट फर्केका युवाको सहभागितामा सहकारी सुरु गरिएको थियो । यस वर्ष मात्रै सहकारीले दूध निर्यातबाट रु ४१ लाख ६२ हजार आम्दानी गरेको छ । गाउँमै दूध बिक्री गरेर झण्डै रु तीन लाख आम्दानी गरेको संस्थाका अध्यक्ष विकास पौडेलले बताउनुभयो ।

अधिकांश शेयर सदस्य वैदेशिक रोजगारीबाट फर्केका युवा रहेको सहकारीले व्यावसायिक पशु पालनमा जोड दिँदै आएको छ । विदेशमा हुने मेहनत आफ्नै माटोमा गर्दा राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण सहकारीले प्रस्तुत गरेको पौडेलले बताउनुभयो । “हाम्रो सहकारीमा आवद्ध अधिकांश किसानले दुई वा दुईभन्दा बढी गाईबस्तु पाल्नुभएको छ, धेरै युवाको व्यावसायिक फार्म छ”, पौडेलले भन्नुभयोे, “विदेशबाट फर्केपछि आम्दानीको स्रोत नै दूध हो ।” सहकारीको दूध पोखरा, बागलुङ र कुश्मा लगायतका बजारमा बिक्री हुने गरेको सहकारीका सहसचिव गुरुप्रसाद शर्माले बताउनुभयो ।

सहकारीले उत्पादन गरेको दूधमा जैमिनी नगरपालिका र गण्डकी प्रदेश सरकारले उत्पादन प्रोत्साहन दिँदै आएका छन् । बितेको एक वर्षमा दुवै निकायबाट रु एक लाख २७ हजार छ सय ११ उत्पादन प्रोत्साहन सहकारीले पाएको छ । “बजार टाढा हुँदा ढुवानीमा समस्या छ, वर्षामा दूध बजार पु¥याउनै कठिन छ”, शर्माले भन्नुभयोे, “समयमा दूधको भुक्तानी पाउने र बाह्रै महिना बजारको समस्या नहुँदा उत्पादन अझै बढी हुन्छ ।”

शेयर सदस्यले अनिवार्य दूध उत्पादन गर्नुपर्ने व्यवस्था सहकारीले गरेको छ । वार्षिक दुई सय ५० लिटर दूध उत्पादन नगर्ने शेयर सदस्यलाई जरिवाना लगाउने र धेरै उत्पादन गर्ने शेयर सदस्यलाई उत्पादनका आधारमा प्रोत्साहन दिने गरिएको छ । जैमिनीमा उत्पादित दूधको मूल्य किसानले रु ६५ देखि ७५ प्रतिलिटर पाउँछन् भने सहकारीले रु ८० देखि ८५ प्रतिलिटरमा बजार पठाउने गरेको छ ।