१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

विदेशबाट फर्किएका युवाको सहकारीः एक वर्षमा ४४ लाखको दूध बिक्री

विदेशबाट फर्किएका युवाको सहकारीः एक वर्षमा ४४ लाखको दूध बिक्री
फाईल फोटो
अ अ+ अ-

बलेवा । वैदेशिक रोजगारीबाट फर्केका युवाले गठन गरेको दुग्ध उत्पादक सहकारीले एक वर्षमा रु ४४ लाखको दूध बिक्री गरेको छ ।

बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा रहेको जैमिनी दुग्ध उत्पादक सहकारी संस्थामा आवद्ध किसानले एकै वर्षमा रु ४४ लाख बढीको दूध बिक्री गरेका हुन् । साविक कुश्मीशेरा गाविस–३ र ४ बाट वैदेशिक रोजगारीबाट फर्केका युवाको सहभागितामा सहकारी सुरु गरिएको थियो । यस वर्ष मात्रै सहकारीले दूध निर्यातबाट रु ४१ लाख ६२ हजार आम्दानी गरेको छ । गाउँमै दूध बिक्री गरेर झण्डै रु तीन लाख आम्दानी गरेको संस्थाका अध्यक्ष विकास पौडेलले बताउनुभयो ।

अधिकांश शेयर सदस्य वैदेशिक रोजगारीबाट फर्केका युवा रहेको सहकारीले व्यावसायिक पशु पालनमा जोड दिँदै आएको छ । विदेशमा हुने मेहनत आफ्नै माटोमा गर्दा राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण सहकारीले प्रस्तुत गरेको पौडेलले बताउनुभयो । “हाम्रो सहकारीमा आवद्ध अधिकांश किसानले दुई वा दुईभन्दा बढी गाईबस्तु पाल्नुभएको छ, धेरै युवाको व्यावसायिक फार्म छ”, पौडेलले भन्नुभयोे, “विदेशबाट फर्केपछि आम्दानीको स्रोत नै दूध हो ।” सहकारीको दूध पोखरा, बागलुङ र कुश्मा लगायतका बजारमा बिक्री हुने गरेको सहकारीका सहसचिव गुरुप्रसाद शर्माले बताउनुभयो ।

सहकारीले उत्पादन गरेको दूधमा जैमिनी नगरपालिका र गण्डकी प्रदेश सरकारले उत्पादन प्रोत्साहन दिँदै आएका छन् । बितेको एक वर्षमा दुवै निकायबाट रु एक लाख २७ हजार छ सय ११ उत्पादन प्रोत्साहन सहकारीले पाएको छ । “बजार टाढा हुँदा ढुवानीमा समस्या छ, वर्षामा दूध बजार पु¥याउनै कठिन छ”, शर्माले भन्नुभयोे, “समयमा दूधको भुक्तानी पाउने र बाह्रै महिना बजारको समस्या नहुँदा उत्पादन अझै बढी हुन्छ ।”

शेयर सदस्यले अनिवार्य दूध उत्पादन गर्नुपर्ने व्यवस्था सहकारीले गरेको छ । वार्षिक दुई सय ५० लिटर दूध उत्पादन नगर्ने शेयर सदस्यलाई जरिवाना लगाउने र धेरै उत्पादन गर्ने शेयर सदस्यलाई उत्पादनका आधारमा प्रोत्साहन दिने गरिएको छ । जैमिनीमा उत्पादित दूधको मूल्य किसानले रु ६५ देखि ७५ प्रतिलिटर पाउँछन् भने सहकारीले रु ८० देखि ८५ प्रतिलिटरमा बजार पठाउने गरेको छ ।