२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुद्ध एयरले सबै उडान पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट गर्ने



अ+ अ-

काठमाडौँ । बुद्ध एयरले यही पुस १७ गतेदेखि सबै उडान नवनिर्मित पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट सञ्चालन गर्ने भएको छ ।

पोखरा अन्तरराष्ट्रिय विमानस्थल अङ्ग्रेजी वर्ष २०२३ को १ जनवरीदेखि व्यवसायिकरुपमा सञ्चालनमा ल्याउने नेपाल नागरिक उड्डयन प्राधिकरणले घोषणा गरिसकेको छ । भौतिक पूर्वाधारले निकै राम्रो मानिएको नयाँ विमानस्थलबाट उडान भर्न सम्पूर्ण तयारी गरिएको कम्पनीले जनाएको छ । बुद्ध एयरले नयाँ विमानस्थलबाट उडान हुने भएकाले यात्रुलाई निश्चित समयमा जाँचका लागि अनुरोध गरेको छ ।

उक्त विमानस्थलमा आइएफआर प्रविधि पनि जडान गरिएकाले अब कम भिजिविलिटीमा पनि उडान भर्न सकिने छ । यस विमानस्थलमा यात्रुलाई टर्मिनल भवनबाट जहाजसम्म ल्याउन पु¥याउन ¥याम्प बस राखेको छ । यात्रु जहाज र टर्मिनल भवन आउजाउ गर्न ¥याम्प बसको प्रयोग गर्नुपर्ने हुन्छ । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा बुध्द एयरका लागि जाँच काउण्टर नं ३, ४ र ५ तोकिएको छ । सामानको तौल तथा सुरक्षा जाँचमा समय लाग्ने हुँदा समयमै यात्रुलाई प्रवेश गर्न बुद्ध एयरले अनुरोध गरेको छ ।

नयाँ विमानस्थलमा अभ्यस्त हुन केही समय लाग्ने हुँदा पोखराबाट यात्रा गर्ने यात्रुले टिकटमा उल्लेख गरिएको समयभन्दा दुई घण्टा अगाडि विमानस्थल पुगेर जाँच गर्न बुद्ध एयरले विशेष आग्रह गरेको छ ।

बुद्धले पोखरा विमानस्थलबाट काठमाडौँ जस्तै देशका हरेक गन्तव्यलाई क्रमशः जोड्दै लैजाने जनाएको छ । नागरिक प्राधिकरणको अनुमतिमा २३ फेब्रुअरीदेखि रात्रिकालिन उडान पनि गरिने छ ।

अन्तरराष्ट्रियतर्फ अनुमति पाएलगत्तै बुद्ध एयरले पोखराबाट भारतको वाराणसी पनि उडान भर्ने योजना बनाएको छ । बुद्ध एयरसँग ११ एटीआर–७२, तीन एटीआर–४२ जहाज रहेका छन् । निकट भविष्यमै बुद्ध एयरले थप तीन एटीआर–७२ जहाज भित्र्याउन लागेको छ ।