६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थमन्त्री पौडेलले छलफलका लागि बोलाए आन्दोलनरत व्यवसायीलाई



फाईल फोटो
अ+ अ-

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले ब्याजदर वृद्धिको विरोधमा आन्दोलनरत व्यवसायीहरुलाई छलफल गर्न मन्त्रालय बोलाउनुभएको छ ।

पदभार ग्रहण गर्दैगर्दा संकटपूर्ण अर्थतन्त्र सुधार्ने वाचा गरेका अर्थमन्त्री पौडेलले वार्ताबाट समाधान निकाल्ने गरी गृहकार्य सुरु गर्नुभएको हो ।

नवगठित मन्त्रिपरिषद्को पहिलो बैठकले सोमबार अर्थतन्त्रमा देखा परेका तरलता संकुचन, उच्च ब्याजदर, विदेशी मुद्राको सञ्चितिमा परेको दबाब र पूँजीबजारमा आएको गिरावटलाई सम्बोधन गर्ने निर्णय गरेको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष ब्याजदर वृद्धिका साथै नेपाल राष्ट्र बैंकले ल्याएको चालु पूँजी कर्जा मार्गनिर्देशनको विपक्षमा उत्रिएका व्यवसायीहरु (नेपाल उद्योग वाणिज्य महासंघ) को टोलीले आफ्नो समस्या राखिसकेका छन् ।