२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीमा दावी पेश गर्न प्रचण्ड शीतल निवासमा



file
अ+ अ-

काठमाडौं । सरकार निर्माणमा दावी गर्न नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहितका दलका नेताहरु राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् ।

राष्ट्रपति कार्यालयका अनुसार माओवादी केन्द्रका अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव सहित प्रतिनिधिसभाका बहुमत सदस्यहरुको पत्र दर्ता भएको छ ।

राष्ट्रपति कार्यालयका अनुसार माओवादी केन्द्र सहित एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीका सांसदहरुको हस्ताक्षर सहितको पत्र आइपुगेको हो । त्यसैगरी जनता समाजवादी पार्टीको पत्रको केहीबेरमा आइपुग्ने बताइएको छ ।

आज अपराह्न ओली निवास बालकोटमा भएको छ दलीय गठबन्धनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको थियो । उहाँलाई गठबन्धनबाट १६६ सांसदको समर्थन रहेको छ ।