३१ जेष्ठ २०८३, आईतवार
,
Latest
पहिरो र भत्किएका पुलले इलाम सङ्कटमा, मनसुनमा सम्पर्क टुट्ने खतरा लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पोमा ४९ ब्रान्ड सहभागी हुने कैलालीको गोदावरी वन क्षेत्रको टेम्पो प्रकरणमा वन कार्यालयको स्पष्टीकरण, ‘दुर्घटनावश भीरबाट खस्यो’ राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ विश्वकप फुटबलः २८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व संकलन विश्व रक्तदाता दिवस: सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
तपाईं के खोज्दै हुनुहुन्छ ?

योञ्जनका गीतको सङ्ग्रह ‘गोपालय’ सार्वजनिक



अ+ अ-

काठमाडौँ । नेपाली सङ्गीतका मुर्धन्य प्रतिभा गोपाल योञ्जनका गीतको सङ्ग्रह ‘गोपालय’ सार्वजनिक गरिएको छ ।

पोखरामा जारी दसौँ संस्करणको ‘नेपाल लिटरेचर फेस्टिवल’को मौका पारेर युवा पुस्ताका गायक आकाश गौतम, बाँसुरीवादक सुदीप गायक र नृत्यकार रञ्जु बालकोटीले बिहीबार उक्त पुस्तकको विमोचन गरे ।

पुस्तकमा योञ्जनले लेखेका दुई सय ४१ गीत समावेश रहेको प्रकाशक संस्था फाइन प्रिन्टले जनाएको छ । पच्चीस वर्षदेखिको खोज र सङ्कलनपछि गीत सङ्ग्रह ‘गोपालय’ तयार भएको योञ्जनकी धर्मपत्नी रिञ्छेनले बताइन् ।

उक्त सङ्ग्रहमा योञ्जनको चर्चित ‘मेरो गीत मेरै प्रतिविम्ब हैन’लगायत गीत समावेश छन् । योञ्जनले लेखेका मायाप्रेम, आध्यात्म, दर्शन, बाल मनोविज्ञान, नारी सचेतना र राष्ट्रभक्तिले ओतप्रोत गीत सङ्ग्रहित गरिएको धर्मपत्नी रिञ्छेनले उल्लेख गरिन् । गीत सङ्ग्रह निकाल्ने धेरै पहिलेदेखिको आफ्नो सपना पूरा भएको भन्दै उनले योञ्जनमाथि अझ धेरै काम गर्न बाँकी रहेको बताइन् ।

योञ्जनका गीत र व्यक्तित्वबारे कवि विप्लव प्रतीकले आफ्नो धारणा राखेका थिए । योञ्जनलाई कविका रुपमासमेत उनले चिनाए । योञ्जनका गीतमा कवितात्मक भाव, शैली र सामाथ्र्य पाइने प्रतीकको भनाइ थियो । कार्यक्रममा योञ्जनद्वारा रचित र सङ्गीतबद्ध गीतलाई गायक कर्म ग्याल्जेन र गायिका वानिका प्रधानले प्रस्तुत गरेका थिए ।

योञ्जनको २५औँ स्मृति वर्ष पारेर फेस्टिवलमा उहाँका गीतको साङ्गीतिक प्रस्तुति ‘गोपालय’ पनि राखिएको थियो । ‘यति चोखो, यति मिठो’, ‘हिमालसरि म’, ‘तिम्रो जस्तो मुट’लगायत योञ्जनका चर्चित गीत कार्यक्रममा प्रस्तुत गरिएका थिए ।