• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo

प्रतिनिधि तथा प्रदेशसभा सदस्यका उम्मेदवारले ३५ दिनभित्र खर्च विवरण बुझाउन आयोगको निर्देशन



काठमाडौँ । निर्वाचन आयोगले प्रत्यक्षतर्फ प्रतिनिधि तथा प्रदेश सभा सदस्यमा निर्वाचित सांसदलाई निर्वाचन खर्च बुझाउन निर्देशन दिएको छ ।

आयोगले पहिलो हुने प्रणालीतर्फ विजयी भएका र नभएका दुवै उम्मेदवारलाई ३५ दिनभित्रमा प्रदेश र जिल्ला निर्वाचन कार्यालयमा खर्च बुझाउन निर्देशन दिएको हो ।

खर्च विवरण समयमा नबुझाएमा कानुन बमोजिम कारबाही गरिने चेतावनी समेत आयोगले दिएको छ ।

गत मङ्सिर ४ गते एकै चरणमा प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन भएको थियो ।