५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता

प्रधानमन्त्री देउवालाई बदनाम गराउनेविरुद्ध उजुरी

प्रधानमन्त्री देउवालाई बदनाम गराउनेविरुद्ध उजुरी
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई बदनाम गराउन सक्रिय रहेका व्यक्तिले नक्कली फेसबुक र  ट्विटरमार्फत  अनेकथरि  सन्देश  प्रवाह  गर्न  थालेपछि छानबिनका लागि उजुरी गरिएको छ । 

सभापति  देउवाले  प्रधानमन्त्रीमा  नियुक्त भएपछि  राष्ट्रपति  विद्यादेवी  भण्डारीसमक्ष  शपथग्रहण  गरेको  तस्बिर  राखेर  फेसबुक  तथा  ट्विटर आईडी सञ्चालन गर्दै आएका छन् तर प्रधानमन्त्रीको नाम राखेर सञ्चालन गरिएको नक्कली  आईडीमा  पूर्वप्रधानमन्त्री  झलनाथ  खनालको उपचार खर्चको विषयमा उल्लेख छ ।

त्यसमा भनिएको छ, “हो, झलनाथजीको उपचार खर्च राज्यले बेहोरेको हो । उहाँले विश्वासको मत  दिन  खुला  आह्वान  गरेर  मलाई  जिताउन  भूमिका निर्वाह गरेको सत्य हो । त्यसैले केही साइबर सेनाहरूले विरोध गरे पनि गरून्, उहाँलाई अझ एक करोड रुपियाँ उपचार खर्च थप्दिन्छु ।” 

पूर्वप्रधानमन्त्री  खनालको  उपचार  खर्च  तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले दिने निर्णय गरेको थियो । यसैगरी अर्को नक्कली सन्देशमा भनिएको छ, “महान् बन्ने मेरो रहर छैन तर देश र जनताप्रति जवाफदेही बन्ने उत्कट चाहना छ । नेपालको सिमानाभित्र बसोबास गर्ने  सबै  उमेर  समूहका  (बालबालिकादेखि  वृद्धवृद्धासम्म)  नेपाली  वा  विदेशी  नागरिक  वा  विदेशी शरणार्थी सबका सबलाई पूरा डोज खोप नलगाइकन हामी भोट माग्न आउने छैनौँ । आयौँ भने हामीलाई भोट नहाले हुन्छ ।” 

प्रधानमन्त्री  देउवाले  सबै  नेपालीलाई  पुग्ने  गरी खोपको प्रबन्ध गर्ने र खोप लगाउने व्यवस्था गर्ने  प्रतिबद्धता  प्रतिनिधि  सभाको  बैठकदेखि  अन्य  कार्यक्रममा  पनि  सम्बोधनका  क्रममा  जनाउँदै आएका छन् । तर उनले त्यस क्रममा निर्वाचनको  कुरा  र  मतदानको  कुनै  प्रसङ्ग  उल्लेख गरेका छैनन् । यस  विषयमा  सम्पर्क  राख्दा  मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयका सचिव बद्री तिवारीले भने, “मैले केन्द्रीय अनुसन्धान ब्युरो  ९सीबीआई०लाई  लेखेर  पठाइसकेको  छु,  अनुसन्धान  भइरहेको  छ  ।” 

सचिव  तिवारी थप्छन् , “नक्कली आईडी बनाएर प्रधानमन्त्रीको बदनाम  गर्ने  प्रयास  भएको  छ  ।  लोकतन्त्रमा  विश्वास राख्ने, देशमा सुशासन कायम गरेर राम्रो काम गर्न चाहने प्रधानमन्त्रीलाई नक्कली आईडी राखेर बदनाम गर्न खोजिएको छ । देशमा सुशासन र शान्ति सुरक्षा कायम गर्न पनि नदिनेहरूको यो चालबाजी हो ।” यो समाचार गोरखापत्र दैनिकमा छ ।