२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वामपन्थी सरकार बनाउने भन्ने कुरा अलमल्याउन मात्र हो– माधव नेपाल



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वामपन्थी शक्ति मिलेर सरकार बनाउने कुरा अलमल्याउनलाई मात्र भनिएको बताउनुभएको छ । सोमबार पार्टीबाट निर्वाचित प्रतिनिधिसभा सदस्यलाई बधाई दिन आयोजित कार्यक्रममा उहाँले गठबन्धन छोडेर नभएको गठबन्धनमा जाँदा घर न घाटको हुनसक्ने बताउनुभयो ।

कसैले गैरवामपन्थी सरकार बनाउने कुरा गरेका छन् त्यो खयाली पुलाव मात्र हो भन्दै उहाँले भन्नुभयो, “कसैले वामपन्थीको सरकार बनाउने कुरा सोचिरहेको छ, त्यो पनि अलमल्याउने कुरामात्र हो । यस्ता कुरालाई सजिलो गरी पत्याउन सक्तैनौँ ।” भएकाको विश्वास गुमाउने अनि हुँदै नभएकाको विश्वास गरेर घर न घाटको हुने गल्ती गर्न नहुने उहाँको भनाइ थियो ।

अध्यक्ष नेपालले अहिले नै नेकपा (एमाले) सँग मेलमिलाप हुन सक्ने सम्भावना नरहेको संकेत गर्नुभयो । “एकातर्फ हामीले मित्रहरुको खोजी र पहिचान पनि गर्नुपर्छ भने अर्कोतिर मान्छेमा परिवर्तन र रुपान्तरण भइरहेको छ र आत्मालोचना देखिएको छ, साँच्चै सुध्रिएको अवस्था देखिएको छ भने आग्रह पालेर नबस्ने, यो दुईवटै कुरामा उत्तिकै ध्यान दिएर चल्नुपर्छ”, उहाँले भन्नुभयो ।

अध्यक्ष नेपालले अहिलेकै गठबन्धन कायम राख्ने भनेर संयुक्त वक्तव्य जारी गरिसकेकाले गठबन्धनकै सरकार बन्ने बताउनुभयो । “गठबन्धन हामी कायम राख्नेछौँ, गठबन्धन दलका नेताले सँगसँगै जाने संयुक्त वक्तव्य जारी गरिसकेका छौँ । गठबन्धनकै सरकार बन्ने आशा गरेका छौँ” अध्यक्ष नेपालले भने, ‘गठबन्धन दलका अरु पार्टी र पार्टीभित्रका नेताहरुमा अहंकार छ र उनीहरुलाई चाहिएको छैन भने जस्तो परिस्थिति आइलाग्छ, त्यसको सामना गर्न हामी तयार छौँ ।

” अध्यक्ष नेपालले आफ्ना सांसद तथा पार्टीका नेताहरुलाई बजारमा चलेका हल्लाको पछाडि नलाग्न आग्रह गर्नुभयो । बजारमा फैलिएका हल्लाको पछाडि नलागी सबै कुरामाथि गहिरो विश्लेषण गर्नुपर्छ भन्दै उहाँले भन्नुभयो, “भित्रभित्र चलिरहेका अनेक खेलहरु थाहा पाउन सक्नुुपर्छ । सबै कुराप्रति सजग हुनुपर्छ, तर हल्लाका पछि पनि जान भएन ।”