२४ जेष्ठ २०८३, आईतवार
,
Latest
झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप फाइनलः पहिलो हाफ सकिँदा अर्जेन्टिना २-० ले अघि



अ+ अ-

काठमाडौँ । फिफा विश्वकप २०२२ अन्तर्गत अर्जेन्टिनाले पहिलो हाफ सकिँदा फ्रान्सविरुद्ध अग्रता बनाएको छ ।

कतारको लुसाइल रंगशालामा जारी फाइनल खेलमा अर्जेन्टिनाले पहिलो हाफ सकिँदा २-० गोलको अग्रता बनाएको हो ।

अर्जेन्टिनाका लागि खेलको २३ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै कप्तान लियोनल मेसीले सुरुवाती अग्रता दिलाए । फ्रान्सका ओस्मान डेम्बेलेले डि मारियालाई डी बक्सभित्र लडाएपछि रेफ्रीले अर्जेन्टिनालाई पेनाल्टी दिएका थिए ।

३६ औं मिनेटमा डि मारियाले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे । लियोनल मेसीले मार्क एलिस्टरलाई चलाखीपूर्ण पास दिए । त्यसपछि एलिस्टरले मार्कमा रहेका डि मारियालाई बल उपलब्ध गराए । डि मारियाले उक्त बललाई गोलमा परिणत गरे ।